६ प्रश्नमा सुनिल परियार

असल शासन प्रतिनिधि

सुनिल परियार
संयोजक, ब्लड डोनेसन ग्रुप, बाँके

१. तपाईको जीवनको आदर्श के हो ?
– मेरो जीवनको आदर्श मानबता हो, त्यहि भएर मानविय भावनाले ओतप्रोत भएर काम गरिरहेको छु ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– म मेरो बुबाको उत्प्रेरणाले यहाँसम्म आईपुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आपतकालिन अवस्थामा रहेका बिरामीलाई रगत ब्यवस्थापन गर्ने काम मैले गरिरहेको छु । फेसबुमा ब्लड डोनेसन ग्रुप बनाएर यो काम निरन्तर गर्ने काम भईरहेको छ ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– बुवालाई प्रेसरले हानेर नेपालगञ्ज मेडिकल कलेजले रिफर गरेर लखनउ लगेर ठिक हुँदाको क्षण मेरो जीवनको अबिस्मरणिय क्षण हो ।

५. तपाईंको बुझाइमा असल शासन भनेको के हो ?
– मेरो बुझाईमा सुशासन, सुव्यवस्थित शासन प्रणालीनै सुशासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
सत्कर्म गरिरहनेछु । रगतको अभावले कसैको ज्यान जोखिममा पर्न नदिन रक्तदान मार्फत सहयोग गर्ने प्रतिबद्वता मेरो रहेको छ ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech