हाजिरी जवाफ प्रतियोगितामा शैलेश्वरी सदन प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्मबर ६ को एक मात्र सामुदायिक बिद्यालय फुल्टुक्रा माबिका बिद्यार्थीहरुका बिचमा भएको हाजिरी जवाफ प्रतियोगितामा शैलेश्वरी सदन समुहले प्रथम स्थान हासिल गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा नाईस नेपालगन्जले आयोजना गरेको अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागि ७ समुहलाई पछि पार्दै शैलेश्वरी समुहले प्रथम स्थान हासिल गरेको हो । यसैगरी प्रतियोगिताको द्धितिय स्थान स्वर्गद्धारी सदनले हात पारेको छ । यसैगरी तृतीय स्थान बागेश्वरी सदन र सान्त्वना स्थान केदारेश्वर सदनले हासिल गरेको छ ।


वातावरण, सरसफाई र सामान्य ज्ञानका बिषयमा प्रश्नहरु तयार गरिएका थिए । एउटा समुहमा ३ जना बिद्यार्थीहरुको सहभागिता रहेकोमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल समुहका प्रतियोगिहरुले क्रमशः मेडल, पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका बिजेता र सहभागिलाई मेडल, पुरस्कार र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शमिर प्रताप सिंह, वडा सचिब मदन रावत, फल्टेक्रा माबिका प्रधानाध्यापक शान्ति कडेंल, बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्मा लगायत अतिथिहरुले वितरण गरेका थिए ।
प्रतियोगिताको समापनमा बोल्दै वडा अध्यक्ष शमिर प्रताप सिंहले अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुको सर्वार्गीण बिकासमा टेवा पुग्ने बताए । प्रतियोगितामा सहभागिता जनाएका बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सबै बिद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा चासो राख्न उनले अनुरोध गरे । फुल्टेक्रा माबि वडा भित्रको एक मात्र सामुदायिक बिद्यालय भएकाले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकता अनुसार वडाले सहयोग गर्ने उनको भनाई थियो । उनले वडाको लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत नाईस नेपालगन्जले गरेको हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको जनाए ।


कार्यक्रममा बोल्दै वडा सचिब मदन रावतले बिद्यालयलाई अतिरिक्त क्रियाकलाप नियमित सञ्चालन गर्न अनुरोध गरे । प्रतियोगितामा सहभागि बिद्यार्थीहरुले गरेको प्रर्दशन उत्कृष्ट रहेको भन्दै निरन्तर बिद्यालयको आन्तरीक कार्यक्रमहरुमा सबैले सहभागिता जनाउन बिद्यार्थीहरुलाई अनुरोध गरे । बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने माध्यम हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको उनको भनाई थियो । कार्यक्रममा फुल्टेक्रा माबिका प्रधानाध्यापक शान्ति कडेंल, बास नेपालका केन्द्रीय कार्य वाहक अध्यक्ष शिव कुमार बर्माले बोलेका थिए ।


नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको प्रतियोगिताको सञ्चालन नाईस नेपालगन्जका रबिन्द्र बोहराले गरेका थिए । नाईस नेपालगन्जका सदस्य मन भण्डारीले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको कार्यक्रममा अतिथिहरुलाई ब्यच बितरण नाईसका सदस्य रमिता शाहले गरेका थिए ।
वडा नम्बर ६ को हडिया बाबा मन्दिर प्रांगणमा भएको प्रतियोगितामा सहभागि बिद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाएकोमा खुसी ब्यक्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल शैलेश्वरी सदनमा गोमा त्रिपाठी, शितल बैष्य र बिशाल केसी, यसैगरी द्धितिय स्थान हासिल गर्न सफल स्वर्गद्धारी सदनमा साजिदा बानो अन्सारी, अरुणीमा पुन र दिलिप नेपाली , तृतीय स्थान हासिल गर्न सफल बागेश्वरी सदनमा मुस्कान बानो, आँचल तेली र दिपेन्द्र मौर्य र सान्त्वना स्थान हासिल गर्न सफल केदारेश्वर सदनमा गोबिन्द्र सिंह, रोहनी खड्का र सवनम मागवान रहेका थिए । ८ वठा समुहका २४ जना प्रतियोगि सहित कार्यक्रममा १५५ जनाको सहभागिता रहेको थियो ।

  • ९ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech