कर्णालीमा ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’

ललिता बिश्वकर्मा ओड

सुर्खेत/ ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ कर्णाली प्रदेशमा सम्पन्
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्वैच्छिक राष्ट्रिय समीक्षा’ सम्पन्न भएको छ ।

जेठ १० गते बिहीबार अल्पसंख्यक तथा सीमान्तकृत युवाहरूको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयनको अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि स्वैच्छिक राष्ट्रिय समीक्षाकाे बहुपक्षीय सम्बाद कार्यक्रम गरिएको हो ।

युथ एड्भोकेसी नेपालले स्वैच्छिक राष्ट्रिय समीक्षाकाे बहुपक्षीय संवाद सातवटै प्रदेशका देशभर विभिन्न स्थानमा गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता वि.कले कार्यक्रममा बोल्दै दिगो विकास लक्ष्य हासिल गर्नका लागि संघ संस्थाहरुले मात्र नभएर तिन तहको सरकारको महत्वपूर्ण भूमिका रहन्छ। पहिलाे जिम्मेवार निकाय भनेको नैं तिन तहको सरकारको हो दिगो विकास लक्ष्य सामान्य देखिएता पनि यो गम्भीर विषयको रूपमा रहेको बुझ्न जरूरत देखिन्छ । हामीले दिगो विकासका १७ वटा गोल पूरा गर्न यस मन्त्रालयले चाल्नु पर्ने कदमबाट पछाडि नहट्ने बताएकी छन् ।

यस्तै कार्यक्रममा बोल्दै युथ एड्भोकेसी नेपालकका केन्द्रीय अध्यक्ष गणेश धामिले दिगो विकासका गरिबीको अन्त्य,भोकमरीको अन्त्य,सुस्वास्थ्य तथा समृद्ध जीवन,गुणस्तरीय शिक्षा,लैङ्गिक समानता,स्वच्छ पिउने पानी तथा सरसफाइ,स्वच्छ उर्जा र मर्यादित काम र आर्थिक वृद्धि जति पनि लक्ष्य रहेका छन् ,कार्यक्रममा सहभागीहरूले दिएका सुझावलाई संकलन गरी प्रदिवेदन निर्माण गरिने बताए ।

उनले राष्ट्रिय योजना आयोगले तयार पार्ने ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ प्रतिवेदनलाई थप सहयोग पुर्याउने उद्देश्यले उक्त प्रतिवेदन निर्माण गर्न लागिएको बताए।

त्यस्तै सहभागीलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यमध्ये युवाहरुसँग सम्बन्धित ९ वटा लक्ष्यका बारेमा सुझाव संकलन गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिको तथा बिभिन्न संकायमा स्नातक गरिरहेका युवाहरूको रहेको थियो ।
कार्यक्रममा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा सहभागी युवालाई आयोजकले दिगो विकास लक्ष्य तथा ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’का बारेमा अभिमुखीकरण दिएको थियो।

  • १० जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech