इन्स्पाईरिङ्ग युथमा साहित्यकार जिज्ञासु

असल शासन प्रतिनिधि

नेपालगन्ज । इन्स्पाईरिङ्ग युथको ३०३औं श्रृखला साहित्यकार कल्पना पौडेल (जिज्ञासु)को उपस्थितीमा सम्पन्न भएको छ ।
सुशासन हल नेपालगन्जमा जेष्ठ ११ गते सम्पन्न कार्यक्रममा सहभागि ७० बढी युवाहरुलाई साहित्यकार जिज्ञासुले साहित्य र अनुभव सुनाउदै उत्प्रेरणा थपेका थिए ।


कार्यक्रमका क्रममा सफलताका लागि किशोर किशोरी तथा युवाहरुले के गर्ने भन्ने बिषयमा उत्प्रेरणात्मक भनाईहरु राखेकी थिइन् । झण्डै आधा दर्जन साहित्यीक कृतिहरु प्रकाशित गरि सक्नु भएका साहित्यकार जिज्ञासुले कार्यक्रममो क्रममा गजल समेत प्रश्तुत गरेका थिए । बिदेशमा लामो समय बसेको अनुभव भएका उनले सफलताका लागि सबैले मेहेनत गर्नुपर्नेमा जोड दिएकी थिईन् । अनुशासित र मेहेनतका साथ काम गरेमा सधै सफल हुने उनको भनाई थियो । उनले कार्यक्रममा सहभागि युवाहरुलाई सकारात्मक उर्जाका साथ अगाडी बढ्न उत्प्रेरित गरेकी थिईन् । सो क्रममा सहभागिहरुले विभिन्न प्रश्न र जिज्ञासा राखेको बासका सहजकर्ता रमिता शाहले बताईन् ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए । बासले हरेक शुक्रबार नियमित रुपमा इन्स्पाईरिङ्ग युथ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech