चट्याङ लागेर महिलाको मृत्यु

असल शासन प्रतिनिधि

चट्याङ लागेर महिलाको मृत्यु

नेपालगन्ज/ चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ स्थित घन्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन पुगेकी महिलाको मृत्यु भएको छ ।

स्थानीय खल्ला गाउँ निवासी ४० वर्षीया पुतला खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर खल्ला गाउँकी ४२ वर्षीय देवा घर्ती र १६ वर्षिया कलसी बुढा पनि घाइते भएका छन ।

चट्याङ लागेर ३ वटा बाख्रा समेत मरेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा आइतबार दिउँसो अचानक हावाहुरी सहितको वर्षासँगै चट्याङ परेको थियो ।

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech