सुर्खेतमा असल सिकाई आदान-प्रदान

ललिता बिश्वकर्मा ओड

सुर्खेत/ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा न्यायिक समितिका सामुदायिक असल तथा सिकाई आदान प्रदान सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

जेठ १४ गतेका दिन संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना आई आई यु एन डि पिको एटुजेट अन्तर्गत मुख्य मन्त्री तथा मन्त्रिपिषद्को कार्यालय कर्णाली प्रदेशको आयोजनामा कर्णाली प्रदेशका १० वटा स्थानीय पालिकाको न्यायिक समितिकाे संयोजक, न्यायिक समितिकाे कर्मचारीको सहभागीता रहेको थियो ।

कार्यशालामा न्यायिक समितिको अवस्था आँकलन फाराम सहभागिताहरू अपेक्षा संकलन तथा तालिमको मूल्यमान्यता निर्धारण, संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना बारेमा जानकारी, न्यायिक समितिकाे अवस्था हालसम्म गरेका कामहरू, चुनौति अवसर र अब गर्नुपर्ने कामको समिक्षात्मक छलफल, न्यायिक समिति र न्यायिक समितिकाे कार्य सम्पादनमा चरणमा आएका समस्याहरूको सम्बोधन, दलित, महिला, सीमान्तकृत, अपाङ्गता भएको व्यक्ति र लैङ्गिक तथा यौंगिक अल्पसंख्यकको न्यायिक समिति संगको पहुँच र यी वर्ग समुदायको न्यायमा पहुँचका लागि सामाजिक तथा सांस्कृतिक वाधाहरु र सम्बोधनका तरिकाहरू र सिकाई तथा असल अभ्यासको प्रयोग र न्यायिक समितिकाे कार्य सम्पादनमा थप सुधारको योजना र अनुगमन दुई दिनको कार्यशालामा छलफल र समूहगत कार्य सम्पादन गरिएको थियो ।

कार्यक्रम समापनमा बोल्दै मुख्यमन्त्री कार्यालय कानुन उपसचिव वीरेन्द्र बहादुर केसीले हाम्रो कर्णाली प्रदेशमा ७९ स्थानिय तह रहेका छन् । यहाँका कतिपय स्थानिय न्यायिक समितिले आफ्नो काम कारबाही के हो र आफ्नो क्षेत्राधिकार अन्तर्गत के कुरा पर्छन् भन्ने कुरा अझैं अलमलमा भएको बताउनु भयो ।

हामीले प्रत्येक पालिकामा गएर न्यायिक समितिको काम कर्तव्य सिकाउँदै गएका छौं अझैं पनि पूर्ण रुपमा सीकी नसकेको अवस्था देखिन्छ ।

दुई दिनको बसाईमा धेरै कुरा सिक्नु भएको अपेक्षा गरेको बताएका छन् । साथै न्याय दिँदै गर्दा न्याय दिनलाई सबै प्रकृया पुरा गर्नुपर्ने बताएका छन् । न्यायिक समितिलाई सम्बोधन गर्न हाम्रो तर्फबाट पहल गरिरहेको र मन्त्रालयको तर्फबाट गर्ने काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमको सहजीकरण यु एन डि पिको ए टु जे परियोजनाको कर्णाली प्रदेश प्रमूख इमान सुनारले गरेका थिए ।

कार्यक्रममा सानीभेरी गाउँपालिका, आठबिस नगरपालिका, दार्मा गाउँपालिका, कुसे गाउँपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, नारायण नगरपालीका, शुभकालिका गाउँपालिका, गुराँस गाउँपालिका र भेरी नगरपालिका गरी ३८ जनाको सहभागिता रहेको थियो।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech