नेपालगञ्ज / महिला तथा किसोरीहरुका लागि आज नेपालगञ्जमा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का महिला तथा किशोरीहरुलाई एफकेबी युके र बास नेपालले आज सो शिक्षा प्रदान गरेको हो ।

किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता समबन्धि शिक्षा प्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बजारमा पाईने स्यानीटरी प्याडलाई प्रयोग नगरि पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक सहायता तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा जानकारी दिईएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का ७० जना किशोरी तथा महिलाहरु सहभागीता रहेको उक्त कार्यक्रममा एफकेबी युकेका कार्यक्रम ब्यवस्थापक राष्टि बुढामगर र एजुकेशन अफिसर रमिता शाहले सहजीकरण गरेको महिनावारी स्वच्छता शिक्षा कार्यक्रममा महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन लाग्नुपर्ने, महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईमा ध्यान दिने, पोषण युक्त खानेकुरा खानुपर्ने कुराको जानकारी गराईएको थियो ।

कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्दैशक हेमराज भट्ट, कार्यक्रम संयोजक शोभा थापामगर, प्रशासकिय अधिकृत शुद्ध चौधरीको उपस्थिति रहेको थियो ।











