नेपालगञ्ज ६ मा बासको ईकाई पुनर्गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा ईकाई कमिटि पुनर्गठन गरेको छ ।

भ्रष्टाचार बिरुद्ध बिभिन्न कार्यक्रमहरु गर्दै आएको बास नेपालले आज वडा नम्बर ६ को हडियाबाबा मन्दिरमा सहभागी भेलाबाट १३ सदस्यीय ईकाई कमिटि गठन गरेको हो ।

बास नेपालकी सदस्य तथा कलाकार रितु सिँहको अध्यक्षतामा पुनर्गठन गरिएको ईकाईको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश सुनिता बोहरा, रोशनी फोरी, खुष्मुना बेहना र साहिन खान रहेका छन् ।

त्यसैगरी ईकाईका अन्य सदस्यहरुमा क्रमश करिना शर्मा, प्रमिला चौधरी, मोहित प्रजापति, मोहित कुमार कुमाल, समरिन खाँन, सानिया राई, रोजा खाँन र ज्योती चौधरी रहेका छन् ।

वडाका २७ जना युवायुवतीहरु उपस्थित रहेको उक्त भेलामा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट को समुपस्थितिमा ईकाई गठन गरिएको थियो ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले संस्थागत बिषयमा प्रकास पारेको कार्यक्रमलाई बास नेपाल बाँके शाखा अध्यक्ष शोभा थापामगरले सञ्चालन गरेकी थिईन ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech