महासंघको सदस्यता सुद्धिकरण प्रति स्वतन्त्र पत्रकार संघको आपत्ती

असल शासन प्रतिनिधि

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणका नाममा गरेको मनपरी, स्वेच्छाचारिता बिरुद्ध स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले खेद प्रकट गरेको छ ।
नेपाल पत्रकार महासँघले पत्रकार शुद्धिकरणको नाममा विधि र प्रक्रियालाई लत्याएर गरिएको अपरिपक्व, पूर्वाग्रही र राजनितिक रुपमा प्रेरित भइ गरेको निर्णयका बिरुद्ध मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेले उक्त निर्णयप्रति असहमती जनाएको छ ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका सचिब माधव कार्कीले हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा नेपाल पत्रकार महासँघ बाँके शाखाको पूर्वाग्रही निर्णय प्रती असहमति जनाउँदै प्रदेश समितिमा पठाईएको, प्रदेश समितिमा उजुरी दिँदा समेत प्रदेश समिती पूर्वाग्रही भएको र केन्द्रमा उजुरी गर्दा समेत पनि केन्द्र गैरजिम्मेवार बनेको कुरा उल्लेख गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका शाखाका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष मन भण्डारी र सदस्य हेमराज भट्ट लगायतको नाम सदस्यता सूचिबाट नाम हटाएको बिषयप्रति स्वतन्त्र पत्रकार सँघ नेपालले दुःख प्रकट गर्दै शुद्धिकरणको नाममा केही ब्यक्तिहरु कोठामा बसेर ब्यक्तिगत प्रतिशोध साँध्ने गरि मनपरी रुपमा गरिएको सिफारिस र निर्णयले नेपाल पत्रकार महासँघको गरिमामा ठेस पुगेको कुरा बिज्ञप्तीमा उल्लेख छ ।
शुद्धिकरणको मापदण्ड सबैका लागि एउटै हुनुपर्नेमा सो नभई ब्यक्तिको अनुहार, आफु निकटताको आधारमा कसैलाई सदस्यता दिने र हटाउने कुरा न्यायोचित नभएको, कुनै पनि व्यक्तिलाई कार्वाही गर्दा सो को जानकारी गराउनुका साथै सफाईको मौका दिनुपर्नेमा त्यसो नगरि अन्यायपुर्ण निर्णय गरी न्यायको सिद्धान्तलाई समेत आत्मसाथ नगरि कसैलाई काखा, कसैलाई पाखा गर्दै पूर्बाग्रही ढँगले गरिएको निर्णय सर्वमान्य हन नसक्ने बताउदै महासँघको मनपरी, स्वेच्छाचारिता निर्णयलाई पुर्नविचार गर्न स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेले माग गरेको छ ।

 

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech