सधैको मेहनतले शिखरमा पुर्याउछ –लामा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / हरेक ब्यक्तिले गर्ने निरन्तरको मेहनतले उसलाई सफलताको शिखरमा पु¥याउने एक कार्यक्रममा बताईएको छ ।

बास नेपालले आज नेपालगञ्जको स्वस्तीक कटेजमा आयोजना गरेको ईन्स्पाईरिङ युथ कार्यक्रममा कार्यक्रममा अतिथि तथा गैर सरकारी संस्था महासंघका निबर्तमान केन्द्रीय अध्यक्ष जितराम लामाले सो कुरा बताएका हुन ।

बिभिन्न क्षेत्रमा सफल भएका ब्यक्तिहरुका अनुभव आदान प्रदान गर्ने उद्धेश्यले हरेक शुक्रवार आयोजना गरिने र युवाहरुलाई उत्प्रेरणा दिने कार्यक्रम ईन्स्पाईरिङ युथको आज ३०४ औं ईपिसोडमा बोल्दै लामाले आफ्ना बाल्यकाल देखी हाल सम्मका गतिबिधिहरु सुनाएका थिए । काभ्रेको दुर्गम गाँउमा जन्मेर बिभिन्न आरोह अबरोह पार गर्दै गैसस महाासंघको केन्द्रीय अध्यक्ष सम्म बन्न सफल भएका लामाले कार्यक्रमका युवाहरुलाई ईन्ङित गर्दै भने हिड्दै गर्दा ठेस लाग्नु भनेको अगाडी बढ्ने संकेत हो त्यसैले आफ्नो लक्ष्यका साथका साथ अगाडी बढ्ने ब्यक्तिले कहिले पनि हार ब्यहोर्नु पर्दैन ।

सानै देखी सामाजिक भावनाको हुटहुटी बोकेका लामाले बिभिन्न चरणमा लोकसेवा पास गरे पनि सरकारी जागिर छाडेर गाँउमै संस्था स्थापना गरी सामाजिक कार्यमा लागेको र पछि बिस्तारै गैसस महाँसघ जिल्ला शाखा हुदै केन्द्रीय अध्यक्ष भएको अनुभव सुनाउदै लामाले बास नेपालका युवाहरुले गरिरहेका बिभिन्न क्रियाकलापहरु प्रत्यक्षरुपमा आफुले हेर्दै आएको बताउँदै उनि थप्छन् नेपालगञ्जका युवाहरु केही गरौं भन्ने भावना बोकेको महशुस गरेको छु ।

जन्मिदा एकलै जन्मिए पनि मृत्यु हुँदा धेरैले चिन्ने बतावरण बनाउनु पर्ने भन्दै हाम्रो जिवन कस्तो बनाउने भन्ने कुरा आफैमा निर्भर हुने लामाले ईन्सपाईरिङ युथ कार्यक्रमका सहभागीहरुलाई सुनाए ।

बास नेपालका बिभिन्न उपशाखा ईकाई, बिभिन्न क्याम्पस र बाँके जिल्लामा रहेका बिभिन्न संघ संस्थाहरु बाट गरी एक सय जनाको सहभागीता रहेको थियो भने कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, फातिमा फाउन्डेसनकी अध्यक्ष मैमुना खातुन, वडा नम्बर ९ स्थित बाल क्लवकी अध्यक्ष सानिया हसमी र बास नेपालका स्वयंसेवक चन्द्र प्रशाद जैशीले जिज्ञाषाहरु राखेका थिए ।

बास नेपालका बिर्तमान अध्यक्ष रमेश सिटौला र ईन्स्पाईरिङ युथ कार्यक्रमकी संयोजक शोभा थापामगरले कार्यक्रमका अतिथि तथा गैसस महाँसंघका निबर्तमान अध्यक्ष जितराम लामालाई मायाको चिनो हस्तान्ततरण गरिएको थियो भने कार्यक्रम बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहोराले सञ्चालन गरेका थिए ।

  • १७ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech