नेपालगन्जमा लोडसेडिङ कि लोडसेटिङ ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा लोडसेडिङ नभई लोडसेटिङ रहेको आरोप लगाईएको छ ।

लगातारको विद्युत अनियमितताको मारमा परेका नेपालगन्जबासीहरुले बिधुत प्राधिकरण नेपालगन्ज प्रती सो आरोप लगाएका हुन् ।

नेपालगन्ज उधोग बाणिज्य संघको आयोजनामा बिहिवार नेपालगन्जमा सम्पन्न अनियमित बिधुतको समस्या र समाधानका उपाय बिषयक अन्तरक्रियामा बोल्दै नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बिधुत प्राधिकरणले प्राबिधिक भाषा बोलेर नागरिकहरुलाई सास्ती दिने र सेटिङ्ग गरेर बिधुत काट्ने गरेको बताए ।
कार्यक्रममा नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुखको कार्यदक्षता माथी प्रश्न तेर्स्याईएको थियो ।

प्रश्नहरुको उत्तर दिदैँ बितरण केन्द्र नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले नेपालगन्जका प्रशारण लाईन थप र नेपालगन्ज केन्द्रीत बिद्युत गृह निर्माण नहुँदा सम्म मौजुदा अस्थामा समाधान असम्भव भएको बताए ।

नेपालगन्जमा हाल उपलब्ध बिद्युत प्रशारणमा सकेजति वितरण केन्द्रले व्यवस्थापन गरेको तर विद्युतको खपत बराबरको बिद्युत आपुर्ति गर्न आफुहरुबाट सम्भव नभएको बताएपछि कार्यक्रमका सहभागीहरु आक्रोशित बनेका थिए ।

प्रमुख जगन्नाथ लामिछानेले उपलब्ध विद्युतलाई आफुले व्यवस्थापन गरेको र नेपालगन्जको समस्या स्थायीरुपमा समाधान गर्न नयाँ विद्युत उत्पादन गृह थप्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका सहभागीहरुले मरमतको नाममा कमिसनको लोभमा प्राधिकरणले वर्षभरी मरमत गर्ने गरेको आरोप लगाएका थिए ।
सहभागिहरुले विद्युत आपुर्ति नुहुनुको सबै कारण बितरण केन्द्रको मात्रै नभएता पनि सूचना उपभोक्तालाई नदिनु, सेवाग्राहीको फोन रिसिभ नगर्नु, वषौंदेखि एउटै कारण देखाएर नेपालगन्जमा विद्युतको समस्या बनाईराख्नु प्राधिकरणको गैरजिम्मेवारीपन भएको बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारको तर्फबाट हुन सक्ने सबै पहल गर्न प्रदेश सरकार तयार रहेको बताए ।

निवर्तमान मन्त्री एवं प्रदेश सांसद कृष्णा केसी नमूनाले प्रदेशबाट हुन सक्ने सबै सहयोग गर्न आफु तयार रहेको उल्लेख गर्दै माओवादीको मन्त्रालयमा उर्जा मन्त्रालय परेकाले राजनीतिक पहलकदमीको नेतृत्व गर्न पनि माओवादी पार्टी तयार रहेको बताइन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष नन्दलाल बैश्यलगायतले ४२ डिग्री गर्मीको समयमा विद्युत अनियमित हुँदा ठूलो सास्ती भोग्नु परेको बताएका थिए ।

  • १८ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech