९ जिल्लामा बिश्व वाताबरण दिवस मनाईयो

कतै बृक्षारोपन त कतै सरसफाई कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगगञ्ज ⁄ हाम्रो भुमी, हाम्रो भबिश्य भन्ने मुल नाराका साथ आज बास नेपालले बिश्व वातावरण दिवस मनाईएको छ ।

बन जङल जोगाऔं, जथाभाबी रुख नकाटौं, बृक्षारोपन गरौं, ४४ डिग्री चाहिदैन, रुख काटन पाईदैन भन्दै नेपालगञ्ज लगायत बास नेपालका अन्य जिल्लाहरुमा बिभिन्न कार्यक्रम गरी बिश्व वाताबरण दिवस मनाईएको छ । कतै बृक्षारोपन कार्यक्रम गरिएको छ भने कतै सरसफाई कार्यक्रम गरिएको छ ।

बास नेपालले बिश्व वाताबरण दिवसकै अवसरमा आज बाँकेको फत्तेपुर र बिनौनामा जनचेता मुलक सडक नाटक प्रस्तुत गरेको छ ।

बास नेपाल दैलेख शाखाले बिश्व वातावरण दिवसको अवसरमा सरमा सरसफाई कार्यक्रम गरेको छ ।

बास नेपाल जिल्ला शाखा दैलेखको आयोजना र गुराँस कम्प्युटर ईन्स्टिच्युट दैलेख र जेसिआई दैलेखको समन्वयमा नारायण नगरपालिकामा बेलासपुर मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको थियो । जिल्ला अध्यक्ष हिक्मत बुढा सहित शाखाका सम्पुर्ण पदाधिकारीरु कार्यक्रममा सहभागी थिए ।

त्यसैगरी बास नेपाल सुर्खेत शाखाले बिरेन्द्रनगर नगरपालिका को मंगलगढी चोकमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बास नेपाल सुर्खेत शाखाको आयोजना र आहा नेपाल, यम बिसी प्रतिष्ठान,युथ एडभोकेसीनेपालको सहकार्यमा आयोजना गरिएको सरसफाई कार्यक्रममा बास नेपालका जिल्ला अध्यक्ष अमर शाह सहित शाखाका पदाधिकारीहरु र बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीको उपस्थितिमा गरिएको थियो ।

त्यसैगरी दार्चुला शाखाले बिश्व वाताबरण दिवसकै अवसरमा छन्ना टिकंरी कन्या माबी परिसरमा बृक्षारोपन कार्यक्रम गरेको छ । शाखा अध्यक्ष अनुराधा टिकंरी सहित शाखा पदाधिकारीहरु र बिद्यालयका शिक्षक शिक्षिका र बिद्यार्थीहरु समेत मिलेर उक्त कार्यक्रम समपन्न गरिएको छ ।

बिश्व वातावरण दिवसकै अवसरमा पारेर बास नेपाल बैतडी शाखाले दशरथचन्द नगरपालिका २ निङ्गलाशैनी माबिमा जलबायु परिबर्तन सम्बन्धी सचेतनामुखी कार्यक्रम गरेको छ । एक सय जना बिद्यार्थीहरुको सहभागीतामा गरिएको कार्यक्रम बास नेपाल बैतडी शाखाको आयोजना र निङ्गलाशैनी माबिको समन्वयमा रहेको शाखा अध्यक्ष रेजिना टेलरले बताईन् । बिद्यार्थीहरुको अर्थपुर्ण सहभागीतामा वाताबरण स्वच्छ राख्ने प्रतिबद्धता समेत गराईएको थियो ।

त्यसैगरी बास नेपाल दाङ्ग शाखाले लुम्बिनी फुटवल एकेडेमीको सहकार्यमा घोराही उपमहानगर पालिका वडा नमबर १७ फुटवल एकेडेमीको खेल मैदानमा बृक्षारोपन कार्यक्रम गरिएको गरिएको शाखा अध्यक्ष समिर वलीले जानकारी गराए ।
बिश्व वातावरण दिवसकै अवसरमा बास नेपाल रुपन्देही शाखाले भैरहवा स्थित शिव मन्दिर मा सरसफाई तथा मन्दिर परिसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको शाखा सदस्य सिमरत कौरले जानकारी गराईन् ।

त्यसैगरी सिराहा शाखाले गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वा गाँउमा अशोकका बिरुवा रोपेका छन् भने ग्रामिण सडकका पेटीहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको बास सिराहा शाखा अध्यक्ष गोबिन्द राज बिष्टले बताए भने बास नेपाल झापा शाखा शाखाका अध्यक्ष अजुर्न खरेलका अनुसार झापाको भद्रपुर नगरपालिका डा नम्बर ३ देबनिया खोला बिस्रान्ती घाटमा तिन सय बिरुवा रोपिएको छ । बास नेपाल झापा शाखाको आयोजना र सगरमाथा युवा क्लव को सहकार्यमा गरिएको बृक्षारोपन कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल, प्रहरी प्रमुख अशोक श्रेष्ठ, जेसिसका अध्यक्ष युवराज न्यौपानेको उपस्थितिमा बृक्षारोपन कार्यक्रम गरिएको थिया ।

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech