सुशासन अभिबृद्धिका लागि सामाजिक परीक्षण

नियमित गर्दै नेपालगञ्ज उपमहानगर

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत सुशासन अभिबृद्धिका लागि नियमित रुपमा सामाजिक परीक्षण गर्दै आएको छ ।

बाँकेका ८ वटा स्थानीय तह मध्ये नियमित सामाजिक परीक्षण गर्ने पालिकाहरु मध्ये नेपालगञ्ज उपमहानगरपालिका पहिलो नम्वरमा पर्दछ । नयाँ कार्यकालको पहिलो र दोश्रो बर्ष निरन्तर उपमहानगरले सामाजिक परीक्षण गरेको हो ।

‘स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधि –२०६७’ को परिच्छेद ६ विविध अन्तर्गत उल्लेख भए अनुसार सार्वजनिक संस्थाहरूले सामाजिक परीक्षण गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय सरकारले हरेक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसको सामाजिक उपलब्धि तथा कार्यसम्पादनको लेखाजोखाका लागि बर्षमा एक पटक सामाजिक परिक्षण गर्नु पर्ने प्रावधानलाई नेपालगञ्ज उपमहानगरपालिकाले कार्यान्वयन गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १० को दफा ७८ को उपदफा ५ बमोजिम एक आर्थीक बर्षमा समग्र सामाजिक जिम्मेवारी पुरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्ने बिधि सामाजिक परीक्षणलाई उपमहानगरले लागु गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक बिकास अधिकृत कृष्ण प्रसाद जोशीले बताए ।

स्थानीय निकाय सामाजिक परीक्षण कार्यबिधि २०६७, स्थानीय तह सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्वन्धी नमुना कार्यबिधि २०७७ अनुरुप सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्य सम्पादनको लेखाजोखा गर्नका लागि सामाजिक परीक्षण तेस्रो पक्षबाट गर्ने गरिएको छ ।

खुल्ला प्रतिष्पर्धाका माध्यमबाट छनौट भएको असल शासन मिडियाले गत बर्ष २०७८, २०७९ मा उपमहानगरको सामाजिक परीक्षण गरेको थियो भने २०७९, २०८० को सामाजिक परीक्षण बास नेपालले गरेको थियो ।

योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थीक तथा सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, बिश्लेषण र मूल्याँकन गर्नका लागि नियमित रुपमा सामाजिक परीक्षण गर्ने गरिनछ ।

सन्दर्भ सामाग्री अध्ययन र समिक्षा, अन्तवार्ता, भेटघाट, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, सूचनाहरुको संकलन तथा बिश्लेषण, प्रारम्भिक प्रतिवेदन तयारी र प्रस्तुती गरि अन्तिम प्रतिबेदन तयार गरि प्रतिबेदन उपमहानगरलाई पेश गरेको सामाजिक परीक्षण गर्ने संस्था बास नेपालले जनाएको छ ।

नेपालगन्ज उमपहानगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल बैशाख २४ गते गरेको थियो ।

नेपालगन्ज उमपहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख कमरुद्धीन राईले सामाजिक परिक्षणको प्रतिबेदनमा देखिएका समस्याहरुलाई आधार बनाएर सुधार गर्दै लैजान सबैलाई निर्देशन दिएका थिए ।
सामाजिक परीक्षणको क्रममा गत बर्ष उपमहानगरले स्वास्थ्यजन्य फोहोर प्रशोधन केन्द्र निर्माण, देशकै नमुना सुबिधा सम्पन्न ल्याण्ड फिल साईड निर्माण गरि कार्य अघि बढाएको, वृहत नाला सरसफाई कार्यक्रम गरी बर्षातको समयमा हुने डुवानलाई न्यूनिकरण गरिएको, बागेश्वरी मन्दिरमा सन्ध्याकालिन आरती कार्यक्रमको सुरुवात गरिएको, लक्षित बर्गका व्याक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउनका लागि बनाईएको आफ्नै तालिम केन्द्रमा बिभिन्न तालिम सञ्चालन गरिएको जानकारी प्राप्त भएको थियो ।

उपमहानगरले गत आ.ब.मा साझेदारी विकास कार्यक्रम अन्तर्गत लघु कर्जाका माध्यमबाट लक्षित बर्गलाई आत्मनिर्भर बनाउन पहल गरेको, नेपालगंज उपमहानगरपालिकालाई धार्मिक पर्यटकीय हव बनाउन बागेश्वरी मन्दिर स्थित जुंगे महादेव मन्दिर जाने पुल र पोखरीको पूननिर्माण र गौशाला नजिक १०८ फुटे हनुमान मुर्ति निर्माण कार्यको थालनी गरेको, नेपालगंज उपमहानगरपालिका देखि वडा कार्यालय सम्मको यउतष्अब िाष्दभच अयललभअतष्खष्तथ सम्पन्न गरि ष्लतचबलभत माध्यमबाट काम सञ्चालन गरेको, नगरको भूउपयोग क्षेत्र नक्सा र वडाको सिमाना नक्सा तयार गरेको, आगलागी नियन्त्रण प्रभावकारी रुपमा गर्नका बारुणयन्त्र शाखा स्थापना गरि ३ वटा दमकल ब्यवस्थापन गरि कार्य भैरहेको, नगरको फोहोर उठाउने गाडीहरुमा न्एक् प्रविधिबाट अवलोकन हुने क्थकतझ जडान गरेको, बालिका शिक्षा र बाल विवाह न्यूनिकरण मुद्यती खाता योजना अन्तर्गत कार्यविधि निर्माण गरेको, सम्पुर्ण नगरवासीलाई नगर तथा वडाको कार्य तथा गतिविधि सँग जोड्नलाई म्ष्नष्तष्शबतष्यल का कार्यक्रमहरु अगाडी सारेको, छाडा पशु चौपायाको व्यवस्थापनको लागि काञ्जिहाउसको भौतिक सुदृढीकरण कार्य अघि बढेको, वडा नं १० मा सामुदायिक मासु चिस्यान केन्द्र निर्माण कार्य सम्पन्न गरेको थियो ।

यसैगरी वर्षौदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचनालाई हटाई सहरको सौन्दर्यकरणमा बढवा दिइएको थियो भने संस्थागत सुःशासन तर्फ बिभिन्न बिषयहरुमा तालिम प्रदान गरिएको थियो ।

नीतिगत तथा कानुनी जटिलताहरु, छिमेकि देशसँगको खुला सिमाना, छाडा चौपायहरुको व्यवस्थापन, आन्तरिक आय न्यून, फोहोर व्यवस्थापनमा जनसहभागिताको अभाव, सार्बजनिक स्वास्थ्य र शिक्षा लगायतका समस्याहरुसँग उपमहानगर जुधिरहको सामाजिक परीक्षणका क्रममा जानकारी प्राप्त भएको थियो ।

उपमहानगरलाई बुझाईएको प्रतिबेदनमा नागरिक बडापत्रको उचित व्यवस्थापन नभएको, गुनासो पेटिकाको प्रयोग नभएको, शाखाहरु देखिने बोर्ड राखिएको, कार्यालय हाता भित्र क्यान्टिनको व्यवस्था, पार्किंगको उचित व्यवस्थापन नभएको, आयोजना, परियोजना सूचना बोर्ड परियोजना स्थलमा राख्ने नगरिएको, कार्यालय समयमा सबै कर्मचारीहरु आफ्नो कार्यकक्षमा नभेटिने गरिएको, नेमप्लेटको व्यवस्था, सर्बसुलभ शौचालय र पार्किंगको व्यवस्था नभएको, हेल्प डेस्क बन्द भई बिचौलियाहरुको प्रबेश, अतिक्रमण हटाउँदा समातिएका सरसामाग्रिहरुको व्यवस्थापन हुन नसकेको, कार्यपालिका सदस्यहरुको बस्ने कार्यकक्ष नभएको, परसपुर स्वास्थ्यचौकीमा पानीको समस्या रहेको पाईयो भने सेवाग्राहीहरुका लागि उचित शौचालय नभएको, परसपुर आयुर्वेदमा सरसफाईमा कमि भएको पाईयो, भवन वरिपरी झारी रहेको, सिटि मल निर्माण कार्य भईरहेको उल्लेख छ ।

सामाजिक जिम्मेवारी पुरा गर्नका लागि सामाजिक परीक्षण प्रतिबेदनमा बिभिन्न सुझाबहरु दिईएको छ । जसमा महाशाखा, शाखाहरुको व्यवस्थापन, दरबन्दि अनुसारको जनशक्ति र दक्ष जनशक्तिको व्यवस्थापन, नगर सरसफाई र फोहोर व्यवस्थापन, सहकार्यमा बढवा, आन्तरीक सुशासन अभिबृद्धि, सामाजिक परिचालनको कार्यलाई प्रभाबकारी बनाउनु पर्ने, योजना तर्जुमाका सात चरणलाई कार्यान्वयन गर्नुपर्ने, सामाजिक जवाफदेहिताका संयन्त्रहरु (सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतलाई) संस्थागत बिकास गर्नुपर्ने, गठन गर्न बाँकी रहेका समितिहरु गठन गर्न पर्ने, स्थानीय गैससको विज्ञतालाई नेपालगन्जको विकासमा समेट्नु पर्ने, कर्मचारी र जनप्रतिनिधि विचको सहकार्य बढाउनु पर्ने, नीतिले सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्ने उल्लेख छ ।

यसैगरी विकासका सबै पूर्वाधार पुगेको स्थानमा मात्र नयाँ घर निमार्णको लागि प्रक्रिया अगाडी बढाउन, कर्मचारीहरुले समेत जनप्रतिनिधिलाई गर्न नमिल्ने कार्यको लागि सुझाव दिने र जनप्रतिनिधिले नीतिले गर्न नमिल्ने कार्य नगन, मलेपले दिएको सुझावहरु यथासक्य कार्यन्वयन गर्न, कार्य गर्न नसक्नेलाई क्षमता अभिवृद्धि र नचाहानेलाई विदाई तथा अवकासको व्यवस्था गर्न, बार्षिक नीति, कार्यक्रममा प्रभावकारी सुझाव संकलन, बार्षिक प्रतिबेदनको प्रकाशन, अद्यावधिक, नियमित पत्रकार भेटघाट, कार्यक्रमहरुको तारतम्यता मिलाउन सुझाव दिईएको छ ।

सामाजिक परीक्षक नमस्कार शाहको नेतृत्वको टोलीले गरेको सामाजिक परीक्षणका क्रममा उपमहानगरलाई सहभागितामुलक अनुगमन, बिज्ञहरुको रोष्टर तयार गर्न, पुरस्कार र दण्डको व्यवस्था, टोल बिकास संस्थाहरुको गठन, सामाजिक जवाफदेहिता प्रबद्र्धन कार्यबिधि तर्जुमा गरि लागु गर्न, पर्यटकीय स्थलहरुको प्रचार, प्रसार, प्रबद्र्धन गर्न, पालिकाको आवधिक योजना तर्जुमा गर्न, सामाजिक विकास क्षेत्रको रणनीतिक योजना निर्माण गर्न, लैगिक सम्वेदनशिलता विकासका लागि क्षमता अभिबृद्धि गर्न, कार्यपालिका सदस्यहरुको बस्ने कार्यकक्ष व्यवस्था गर्न, बालमैत्री स्थानीय शासन लागू गर्न र गुनासो सन्ने अधिकारी तोकि गुनासो सुनुवाई प्रणाली लागु गर्न सुझाव दिएको छ ।

सुझाव सहितको प्रतिबेदनलाई कार्यपालिकाको बैठकमा पेश गरि कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सामाजिक परीक्षणका क्रममा दिईएका सुझावहरु कार्यान्वयन गर्ने उपमहानगरका प्रमुख प्रशान्त बिष्टले बताए ।

 

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech