हाम्रो प्राथमिकता शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरण

असल शासन प्रतिनिधि

टोप बहादुर मल्ल
प्रबन्ध निर्देशक, कोपिला भ्याली समाज, सुर्खेत

१) तपाईंको नेतृत्वमा सञ्चालित संस्थाले के के कामहरु गरिरहेकोछ ?
– कोपिला भ्याली समाजले शिक्षा, स्वास्थ्य महिला सशक्तिकरण जस्ता सामाजिक कार्यक्रम गरिरहेको छ ।
जसमा बालगृह, विद्यालय संचालन गर्नुका साथै स्वास्थ्य सम्बन्धि कार्यक्रम, महिलाहरुलाई विभिन्न किसिमका सिपहरु सिकाई आत्मानिर्भर बनाउने जस्ता कार्यक्रम संचालन गरिरहेको छ भने दिगोपन सम्बन्धि कार्यक्रम, बालिका आवास तथा संरक्षण कार्यक्रम र उच्च शिक्षा सहयोग तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

२) यहाँहरुको कुन कुन संस्था निकायसंग रहेको छ ?
– स्थानिय सरकार प्रदेश सरकार र नेपाल सरकारका विभिन्न निकायहरु, गैर सरकारी संस्था महासंघ, समाज कल्याण परिषद, जिल्ला प्रशासन, सुरक्षा निकाय र अन्य सरकारी गैर सरकारी संघ संस्थाहरुसंग सहकार्य गरेर हामीले काम गरिरहेका छौं ।

३. यहाँहरुले कसका लागि कहाँ–कहाँ काम गरिरहनु भएको छ ?
– यस संस्थाले महिला बालबालिका जेष्ठ नागरिकको क्षेत्रमा काम गरिरहेकोछ समुदायमा हुने विभिन्न खालका समस्याहरुमा समेत काम गरिरहेको छ जस्तैः भुकम्प पिडित, बाढी पैरो जस्ता दैवी प्रकोपको समयमा सहयोग गर्दै आईरहेको छ । समुदायमा विभिन्न समस्यामा परेका बिरामी, अपाङ्गता भएका नागरिकलाई समेत सहयोग गर्दै आएको छ ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
समुदायका मानिसहरुले संस्थाको बारेमा बुझन नसक्नु र सबैले आफैले मात्र लाभ पाएमा खुशी हुने र लाभ नपाएमा संस्थामा सहयोग गर्नुको सट्टा विरोध गर्ने गरेकोे पाईन्छ भने विभिन्न सरकारसंग समन्वय हुन नसक्नु र बालबालिका तथा महिलाहरुको लागि सरकारी निकायबाट पाउने लाभ लिन नसक्नु जस्ता चुनौतीहरु हामीले भोगिरहेका छौं ।

५) आगामी योजना र कार्यक्रम के छ ?
– आगामी योजना र कार्यक्रम गुणस्तरिय शिक्षा, स्वास्थ्य, समुदायमा अझै सहयोगी कार्यक्रम संचालन गर्ने र हाल संचालित कार्यक्रमलाई अझै व्यवस्थित गरेर लैजाने हाम्रो योजना रहेको छ ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech