१० दिने आधारभुत पत्रकारिता तालिम नेपालगञ्जमा शुरु

असल शासन प्रतिनिधि

१० दिने आधारभुत पत्रकारिता तालिम नेपालगञ्जमा शुरु

नेपालगञ्ज/युवाहरुका लागि १० दिने आधारभुत पत्रकारिता तालिम नेपालगञ्जमा शुरु भएको छ ।

असल शासन मिडिया नेपालगञ्ज, स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजना र बास नेपालको सहकार्यमा सो तालिम जेष्ठ २५ गते शुरु भएको हो ।

असल शासन मिडिया तथा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको तालिममा लुम्विनी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्लेले राज्यको चौथो अंग पत्रकारिता भएको उल्लेख गर्दै पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको बताईन् ।

कार्यक्रममा बास नेपालका उपाध्यक्ष शिव कुमार बर्मा, असल शासन मिडियाका सदस्य रमेश सिटौला लगायतले बोलेको कार्यक्रममा सहभागिहरु योजना के.सी., मोहनराज भट्टले अपेक्षा मन्तव्य राखेका थिए ।

असल शासन मिडियाका प्रबन्धक तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा असल शासन मिडियाका सदस्य मन भण्डारी, पुरन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

तालिममा २० जना युवाहरुको सहभागिता रहेको थियो ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech