पुलको लठ्ठा चुँडियो

असल शासन प्रतिनिधि

अछाम/ आइतबार अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँएको छ ।

लट्टा चुडिदा पुलमा फसेका १३ मध्ये सेना, प्रहरी र स्थानीयद्वारा उद्धारका क्रममा २ वटा खच्चड मरेको, ८ वटालाई तार काटेर नदीमा खसालेर उद्दार गरिसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिएका छन्।

एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो। नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ। बॅाकी ३ वटा खच्चर उद्दार हुने क्रममा छ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech