बाबाघाट थपुवा सडक जिर्ण,सरकार बेखबर

पवन राज तिमिल्सेना

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वार्ड न २० को बाबाघाट देखि थपुवा सम्म जाने सडक नबन्दा स्थानिय बासिन्दाहरुले सास्ती ब्योहोर्नु परेको छ ।

बर्षाको समयमा हिलाम्य सडक र हिउँदको समयमा धुलाम्य सडक बाट सास्ती खेप्नु यहाँका स्थानियहरुको दैनिकी नै बनेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० मा पर्ने यो सडक नेपालगञ्ज बिमानस्थल बाट नजिकै रहेको यो सडक जिर्ण बन्दै गएको बर्षौ बित्दा पनि स्थानिय सरकार बेखबर रहेको स्थानिय टेकराज जैशीको गुनासो छ ।

उनी थप्छन् बर्षौ देखिको हाम्रो सबैभन्दा जटिल समस्या बनेको यो सडक निर्माका लागि हामीले पहल नगरेका पनि होईन तर पटक पटक वडा कार्यालय र नेपालगञ्ज उपमहानगरपालिका लाई गुनासो राख्दा पनि यो सडक बन्न सकेको छैन् ।

हामिलाइ स्थानीय सरकारले एकदमै हेलाँ गरेको र बिकासको दृस्टिकोण बाट टाडा राखेको भन्दै वडा कार्यालयमा गुनासो गर्दा वडा अध्यक्ष कौशल कुमार धोबीले अब आउने नयाँ बजेट बाट बाबाघाट देखि थपुवा सम्मको २ किलोमीटर  सडक ग्राभेल गर्ने लक्ष्य राखेको बताउँछन् ।

नेपालगगञ्ज शहरको नजिकै रहेको यो सडक बनेपछी स्थानीय उत्पादनको बजारीकरण हुनुका साथै किसानले उत्पादन गरेका बस्तुलाइ बजार सम्म पुग्ने माध्यम बन्नेछ भने यस तर्फ स्थानीय सरकारले चासो दिन जरुरी छ ।

  • ३० जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech