नेपालगञ्ज / गेरुवा गाँउपालिका बर्दिया र बास नेपालको सयुक्त आयोजनामा निशुल्क एक महिने लोक सेवा तयारी कक्षा आज सम्पन्न छ ।
लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत सहायक स्तर चौथो तह खरिदार वा सो सरह पदको निशुल्क लोक सेवा तयारी कक्षा गेरुवा गाँउपालिकाले पालिका भित्रका युवायुवतीहरलाई सरकारी सेवा प्रति प्रोत्साहन गर्न गेरुवा गाँउपालिकाको सहयोग तथा बास नेपाले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।
जेठ ४ गते देखी सञ्चालन गरिएको ३० दिने लोक सेवा तयारी कक्षको समापन कार्यक्रममा तालिमका सहभागीहरुको प्रतिक्रिया मन्तब्य राख्दै सहभागी रमेश थारुले अन्य पालिकाहरुले बिदेश जानको लागि युवाहरुलाई तालिम दिईरहेकोमा गेरुवा गाँउपालिकाले हाम्रा लागि नेपालमै सरकारी जागिर प्रति प्रोत्साहन गर्न यो तालिमको आयोजना गरेकोमा धन्यवाद दिदै पहिलो चरणको तालिम एकदमै छोटो भएर कोर्ष सकिन गारो भएको महशुष भएकाले अबका दिनमा ३ महिने तालिम राख्नु पर्ने बताए ।
त्यस्तै तालिमका अर्का मोनिका चौधरीले प्रतिक्रिया मन्तब्य राख्दै हामी गाँउ बाट शहरमा गएर लोक सेवा तयारी कक्षा लिनुपर्ने समस्यालाई पालिकाले बुझेर पालिकास्तरमै ब्यवस्था गरेकाले अबका दिनमा लक्षित बर्गहरुको लागि यो तालिमलाई अझै लामो र प्रभावकारी बनाउदै लैजानसपर्ने बताए ।
निशूल्क लोक सेवा तयारी कक्षाको मंगलवार समापन कार्यक्रममा बोल्दै गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले गेरुवा गाँउपालिका र बास नेपाललेको साझेदारीमा आयोजना भएको ३० दिनको तालिमले मात्र लोक सेवाको प्रबेशको लागि नपुग्ने भएता पनि त्यसका लागि केही अधार भने पक्कै हुने अपेक्षा आफुले लिएको बताउदै तालिमबाट सहभागीहरुले यसलाई गहन रुपले लिएर अगाडी बढेमा पक्कै पनि सफलता मिल्ने बताए । पालिकाको पहिलो कार्यक्रम भएकाले हामीले यसलाई सिकाईको पाठ सिक्दै आउँदो बर्षमा यस तालिमलाई थप गर्दै लैजाने बताए ।
समापन पकार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले यस तालिमबाट स्थानिय युवायुवतीहरु जस्लाई शहरमा गएर तयारी कक्षा लिन असहज थियो उनीहरुलाई निकै राहत भएको महशुष गरेको बताए । साथै युवाहरुलाई स्वदेशमै सिप सिकाउने र नेपालमै सरकारी सेवामा लाग्न प्रात्साहित गर्ने खालका कार्यक्रमहरु पालिकाले गद लैजानुपर्ने बताए ।
३९ जना सहभागीहरु रहेको तालिमको समापन कार्यक्रममा प्रशिक्षक तथा गेरुवा गाउँपालिका ईन्जिनियर टंकर रोकायाले स्वागत मन्तब्य राखेका थिए भने महिला तथा बालबालिका शाखा प्रमख रमा पुनले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।