बासमय कोहलपुर, कोहलपुर उपशाखा पुनर्गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बाँकेको कोहलपुरमा बास नेपालको उपशाखा पुनर्गठन भएको छ भने कोहलपुर बासमय भएको उपशाखामा चयन भएका पदाधिकारीहरले बताएका छन्।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, केन्द्रीय सदस्य शोभा गुरुङ्ग, बाँके शाखाका अध्यक्ष शोभा थापामगर र बाँके शाखाका कोषाध्यक्ष शुद्ध प्रशाद चौधरी, कोहलपुर उपशाखाको पुर्ब अध्यक्ष अस्मिता पुनको समुपस्थितिमा कोहलपुरमा १३ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।

अम्बिका आचार्याको अध्यक्षतामा पसुनर्गठित उपशाखाको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश मिना कुमारी बिसी, नरेश रावल, माया शर्मा र कौशिला कार्की रहेका छन् ।

१३ सदस्यीय उपशाखाका सदस्यहरुमा क्रमश उर्मिला पाण्डे, सरोज राज शाही, करण बिक, पबित्रा भटराई, कृष्ण कुमारी बुढा, प्रकाश शाही, बिष्णु पाण्डे र शोभा सुबेदी चयन भएका छन् ।

उपशाखाको अध्यक्षमा चयन भईसकेपछिको प्रतिक्रिया मन्तब्यको क्रममा उपशाखा अध्यक्ष अम्बिका आचार्याले कोहलपुर उपशाखालाई लाई सशक्त रुपमा अगाडी बढाई कोहलपुरलाई बासमय बनाउन आफु लागिपर्ने बताईन् ।

साथै उपशाखाकी पुर्ब अध्यक्ष अस्मिता पुनले हाल कार्यब्यस्तताले संस्थामा समय दिन नसकेपनि अहिले म जे जति छु सबै बास नेपाल बाट नै सिकेको बताईन् ।

उपशाखामा चयन भएका पदाधिकारीहरलाई बधाई तथा शुभकामना दिदै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले सुशासन निर्माणको अभियानमा हामी सबै एकजुट भएर लाग्नुपर्ने आजको आबश्यक्ता भएकोले त्यो कुरा अबश्य पनि यो समितिले पुरा गर्नेछ भन्ने आफुले बिश्वाष लिएको बताईन् ।

 

  • ७ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech