नेपालगञ्ज /बास नेपालले सल्यान जिल्लाको सदरमुकाममा आफ्नोे शाखा पुनर्गठन गरेको छ । शाखा अध्यक्षमा योगमाया रेउले चयन भएकी छन् ।
भ्रष्टाचार बिरुद्ध बिभिन्न कार्यक्रमहरु गर्दै आएको बास नेपालले आईतबार १३ सदस्यीय शाखा समिति पुनर्गठन गरेको हो ।
बास नेपाल सल्यान शाखा उपाध्यक्ष करिष्मा गिरीको अध्यक्षतामा आईतबार सहभागी भेलाबाट गठन भएको समितिको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश करिष्मा गिरी, अनमोल केसी, जानकी बिष्ट र सुनिल वली रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सुनिल बिक, टिका डाँगी, यमुना वली, कमल धिताल, साधना भटराई, अमिसा कुमाई, दिपशिखा वली र कबिता बुढाथोकी रहेका छन् ।
शाखा पुनर्गठन पश्चात अध्यक्ष योगमाया रेउलेले अबका दिनमा बासलाई सक्रियताका साथ अगाडी बढाउने प्रतिबद्धता गरेकी छिन् ।