राँझामा उद्घोषण तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ आदर्श माबि राँझा नेपालगञ्जका बिद्यार्थीहरुका लागि उद्घोषण तालिम सम्पन्न भएको छ ।

आदर्श माबि राँझा नेपालगञ्जको आयोजना तथा बास नेपालको सहजिकरणमा श्रावण ४ गते शुरु भएको तालिम सम्पन्न भएको हो ।

बिद्यालयका ४० जना बिद्यार्थीहरुको सहभागिता रहेको तालिमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० का अध्यक्ष कौशल धोविले बिद्यार्थीहरुको क्षमता बिकासका लागि उद्घोषण तालिमको महत्व धेरै रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष धोविले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकासका लागि वडा सहयोग गर्न तयार रहेको बताए ।

बिद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, पूर्ब अध्यक्ष मन भण्डारी, प्रशासन प्रमुख शुद्ध चौधरी, कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थिती थियो ।

तालिममा सहभागिहरुका तर्फबाट झरना बुढाक्षेत्री र उमेश चौधरीले प्रतिक्रिया मन्तव्य गरेका थिए । कार्यक्रम बास नेपालका कार्यक्रम सहायक अशोक रावलले सञ्चालन गरेका थिए ।

तालिममा बास नेपालका निबर्तमान अध्यक्ष अध्यक्ष रमेश सिटौला, पूर्ब अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र कार्यक्रम सहायक अशोक रावलले प्रशिक्षण दिएका थिए ।

  • ९ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech