उद्यम दर्पण पुस्तक सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ उद्यम दर्पण पुस्तक विमोचन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगरकार्यसमितिले प्रकाशन गरेको उक्त पुस्तक नेपालगन्ज उपमहानगरपालकाका प्रमुख प्रशान्त विष्ट लगायतले एक कार्यक्रमका बिच बुधबार बिमोचन गरेका हुन् ।

पुस्तक बिमोचन संगै महासंघले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । कार्यक्रममा संस्थालाइ बिभिन्न सहयोगीदातालाइ सम्मान गरिएको छ । महासंघको लागि जग्गा दान गर्ने जग्गादाता माधमराम वर्मा कुर्मी, जग्गा खोज्ने कार्यमा सहयोग गर्ने पवन अर्याल, असल शासन मिडिया, जी. नेपाल. एच. डि. टिभि, पुस्तक प्रकाशनमा सहयोग गर्ने ब्यक्तिहरु, ब्यवसायिहरु लगायतलाइ सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगरकार्यसमितिका महासचिब भोजराज तिमिल्सिनाले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगरसमितिका अध्यक्ष दिला शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्यम दर्पण पुस्त मार्फत उद्योगी ब्यवसायीहरुको आवाज समेटिएको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले ब्यवसायसंगै सामाजिक कार्यमा समेत योगदान दिएको प्रमुख विष्टको भनाए थियो । कार्यक्रमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य शेषकान्त शर्मा, प्रदेश महासचिब जयस्वर पौडेल, प्रदेश वरिष्ट महिला उपाध्यक्ष शर्मिला खत्री, जिल्ला अध्यक्ष मधु खड्का, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायले बोलेका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगरसमितिका महासचिब भोजराज तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा समितिका सदस्य किरण कार्कीले स्वागत गरेका थिए भने उपाध्यक्ष विष्णु खनालले कार्यक्रमको उद्देश्यमाथी प्रकास पारेका थिए ।

  • ९ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech