खोलाचुली गाडमा सास्ती

पवनराज उपाध्याय

बाजुरा/ बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा अबस्थित बगर खोला चुलि गाडमा पुल नबन्दा आवागमनमा समस्या सृजना भएको छ ।

बाजुरा जिल्ला लगाएत मुगु, हुम्ला, कालिकोट र जुम्ला जिल्लाको मुख्य सडक खण्डमा रहेको उक्त खोलामा पुल नबन्दा स्थानीयहरुलाई समस्या सृजना भएको हो ।

कर्णाली करीडोर राजमार्गको हिमाली ७ बाधुमा अबस्थित बगड खोला (चुलि गाड) मा पुल नबन्दा सर्बसाधारण नागरिक तथा बिधालयका बालबालिका, शिक्षक ,लगाएत यात्रुहरु धेरै समस्यामा परेको स्थानीय बताउँछन् ।

हिउँदको समयमा थोरै पानी बग्ने उक्त खोलामा बर्षातको समयमा  बाढी आउने गरेकोछ ।

यो बर्सौ देखिको समस्या हो, स्थानीय सरकारलाई पटक पटक खबर गर्दा पनि सरकार मौन रहेको स्थानीय शिक्षक रबिन्द्र राज उपाध्याय बताउँछन् ।

खोला अत्याधिक बढेपछि स्थानियबासि कृष्णखर उपाध्याय लगायत  बिधालयका शिक्षक तथा बिधार्थीलाई हात समातेर जोखिम मोल्दै बारि पारि गर्न सहयोग गरिरहेका छन् । साना नानिबाबुलाइ खोलाले बगाउने डरले अभिभावक निरास देखिएका छन् ।

यसबारे वडा अध्यक्ष तपेन्द्र शाहीले १ बर्ष भित्र पुल निर्माण गर्ने जानकारी दिए ।

  • २९ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech