नेपालगन्ज/ पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको भारतीय पर्यटक बोकेको बस खसेको छ ।
बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।
उद्धारका लागि स्थानीयसहित सेना , सशस्त्र र नेपाल प्रहरीको टोली लागिपरेका छन् ।