बिभिन्न निर्णहरु गर्दै ४७ औं पूर्णकालिन बैठक सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बिभिन्न निर्णयहरु गर्दै बास नेपालको ४७ औँ पूर्णकालीन बैठक बर्दियाको ठाकुरद्धारामा श्रावण २७ गते सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले २१ वटा निर्णयहरु गरेको हो । बैठकले बास नेपाल केन्द्रिय समिती सदस्य सिम्रत कौरकी ममतामयी आमा रुपा कौरको निधन प्रति दुःख प्रकट गर्दै शोक प्रश्ताव पारित गरेको थियो ।


बैठकले सचिवालय बैठकका निर्णय, आर्थिक, प्रगति, साँगठनिक प्रतिबेदनहरु पारित गरेको थियो । बैठकले कर्मचारीहरुका लागी क्षमता अभिवृदि तालिमहरु आयोजना गर्ने, चालु आबको पहिलो चौमासिक भित्र लुम्बिनी प्रदेश स्तरीय असल शासन यात्रा गर्ने, संस्थाको संस्थागत विकासका लागि शाखा, उपशाखा, इकाई सँग सम्बन्धित सदस्यहरुको सहभागिता हुने गरि मासिक रुपमा वेविनार गर्ने, अन्तराष्ट्रिय स्वयमसेवक दिवसको अवसरमा स्वयमसेवा क्षेत्रमा काम गरिरहेका मध्ये एक १ जनालाई इनोभेटिभ भोलेन्टियर नेशनल अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले बिभिन्न नीतिहरु बनाउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले बास नेपालको रिक्त सल्लाहकारमा डा. मुना श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ भने कार्यालय सन्चालन तथा संस्थागत विकासका लागि वार्षिक क्यालेन्डर तयार गर्ने, अवधि पुगेका जिल्ला शाखाको आगामी चार महिनाभित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी चार महिनाका लागि साझा कार्यक्रम तय गरेको छ । साझा कार्यक्रम अनुसार भाद्र २ गते सूचनाको हक प्रर्वद्धन सम्बन्धि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, असोज १८ गते वडादशैँ तथा दिपावली एवम छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने, कार्तिक २९ गते भ्रष्टाचार विरुद्ध विद्यालय, क्याम्पसमा जागरण अभियान सञ्चालन गर्ने, मंसिर २४ गते भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस तथा बास नेपालको बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ ।
बैठकले बास नेपालको वार्षिक साधारण सभा भाद्र १५ गते गर्ने निर्णय गरेको छ भने रिक्त केन्द्रिय सदस्य पदमा सुर्खैतकी भगवती वि।सीलाई मनोनित गर्ने साथै गण्डकी प्रदेश संयोजकमा नवलपुर शाखा अध्यक्ष तेजेन्द रानालाई मनोनित गर्ने निर्णय गरेको छ ।
बैठकले बास नेपालको ४८ औँ पूर्णकालीन बैठक मंसिर ७ र ८ गते बाँकेको नेपालगन्जमा गर्ने निर्णय गरेको छ ।

  • ९ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech