महाबुमा स्थानीय सरकार सञ्चालन विषयक तालिम

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको महाबु गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच तथा स्थानीय सरकार सञ्चालन बिषयक २ दिने तालिम सम्पन्न भएको छ । महाबु गाउँपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा असोज ३ र ४ गते सो तालिम सम्पन्न भएको हो ।

गाउँपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु शर्मा (पाण्डे) अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटा र बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, सार्वजनिक खरिद, गाउँसभा सञ्चालन प्रक्रिया, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय तह संस्थागत क्षमता स्वमुल्याँकन, वित्तिय सुशासन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

२ दिन सम्म चलेको तालिमको समापन सत्रमा बोल्दै महाबु गाउँपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु शर्मा (पाण्डे) ले तालिमबाट स्थानीय सरकार सञ्चालनका बिविध आयामहरुको वारेमा जानकारी मिलेको बताएकी थिइन् । तालमिबाट सबैलाइ उत्प्रेरणा मिलेको भन्दै तालिममा प्रस्तुत भएका विषयवस्तुलाइ आत्मसाथ गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाइ पाण्डेको अनुरोध थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायले तालिमले स्थानीय तह सञ्चालन संग सम्बन्धित विविध विषयको वारेमा सहभागिहरुलाइ पुर्नताजकी गराएको बताउदै तालिमले थप उर्जा मिलेको बताए । गाउँपालिका वडा नम्बर २ अध्यष तथा प्रवक्ता प्रकाशराज थापाले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने बिविध विषयमा सिकाइ भएको बताए । तालिममा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ८० जनाको सहभागिता रहेको थियो ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech