नेपालगन्ज/ दलित महिलालाई राजनीतिक दलले पार्टीमा सदस्यता मात्र होइन चुनावमा उम्मेदवार बनाएर नेतृत्वमा स्थापीत गर्न दलित महिलाहरुले माग गरेका छन् ।
कार्यक्रममा बोल्ने वत्ताहरुले दलित महिला केवल भोटका लागि मात्र प्रयोग भएको भन्दै राजनीतिक दलले उनीहरुलाई ससक्त बनाएर अर्थपुर्ण सुनश्चित गर्नेुपर्ने सहभागिले सुझाव दिएका हुन् ।
मंगलबार दलित महिला संघ बाकेको (फेडो) १७ औँ साधारण सभामा बोल्दै संघकी केन्द्रीय सचिव हेमा सुनारले दलित महिला संघ आन्दोलनले जन्माएको संस्था भएको बताउदै दलित महिलाहरु जातिय, लैँगिक बर्गिय शोषणमा परेको भन्दै उनीहरुका लागि राज्यले बनाएको नितिको कार्यन्वयन हुन जरुरी भएको बताइन् ।
कार्यकममा प्रमुख अथिती जिल्ला सम्वन्य समितीका प्रमुख ज्ञानेन्द्र चौधरीले हरेक क्षेत्रमा दलित महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी , सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, राष्ट्रिय मानव अधिकार आयोगका सुप्रिया गुप्ता, नेपाल उत्पीडित समाजका केन्द्रीय उपाध्यक्ष नन्द बिश्वकर्मा, दलित गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष डिल बहादुर परियार, लगायतले आफ्नो धारणा राखेका थिए ।
दलित महिला संघका बाँकेका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रममा दलित महिलाको क्षेत्रमा योगदान गरेको भन्दै अधिकार्मी नमस्कार शाह र बैजनाथ गाउँपालिका पुर्व उपाध्यक्ष सारदा रेग्मी बिश्वकर्मालाई सम्मान गरिएको थियो ।