काेहलपुर, १३ कार्त्तिक/ मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे १६ औं दिन मंगलबार बाँके जिल्लामा ५ जनाकाे उद्धार भएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा सुरुकाे भएकाे हाे ।

राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरुबाट ५ जनाकाे उद्धार भएकाे छ ।
जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका- १८ बाट २ जना, काेहलपुर नगरपालिका-११ बाट १ जना, जानकी गाउँपालिका-६ बाट १ जना र बैजनाथ गाउँपालिका-१ बाट १ जना सडकमानवहरुकाे उद्धार गरिएकाे हाे ।

असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा मंगलबार बाँके आईपुग्दासम्म १३९ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभएकाे छ ।
मेची- महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत उद्धार गरिएका १०६ जना पुरुष र ३३ जना महिलाकाे सङ्ख्या रहेकाे छ ।
मंगलबारबार विभिन्न स्थानबाट उद्धार हुनुभएका ५ जनालाई मानवसेवा आश्रम सुर्खेतकाे वीरेन्द्रनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे छ । उद्धार टाेलीले मंगलबार नेपालगञ्ज र काेहलपुर क्षेत्र वरपरका सडकसेवा सम्पन्न गरि यात्रीहरु मंगलबार बेलुका नै सुर्खेत आइपुगेका छन् ।साथै बुधबार उद्धार टाेली सुर्खेत बजार क्षेत्रका सार्वजनिक तथा सडकपेटीमा बेवारिसे अवस्थामा रहनुभएका सडक आश्रित मानवहरुकाे उद्धार सेवा खटिने कार्यक्रम रहेकाे छ ।









