सामाजिक सञ्जाल एक प्रकारको ग्याँस

ललिता बिश्वकर्मा ओड

सुर्खेत/ इन्सेकको आयोजनामा मङ्सिर १३ गते ‘सामाजिक सञ्जालको प्रयोगले मानव अधिकारमा पारेको प्रभाव विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हनन भएको बताएका छन् ।

‘सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने अवसर प्रदान गरे पनि यसको दुरुपयोगले व्यक्तिगत गोपनीयता, मानमर्दन र असामाजिक गतिविधिलाई बढावा दिनसक्छ । यसलाई व्यवस्थित गर्न कानुनी संरचना बलियो हुनुपर्छ’ – प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

उनले समाजिक सञ्जालले मानव अधिकारका मुद्दाहरूलाई उजागर गर्न र जनचेतना फैलाउन सहयोग गरेपनि गलत सूचनाको प्रसार र दुरुपयोगका कारण मानव अधिकारमा चुनौती पनि थपिएको बताए ।

सामाजिक सञ्जालको दुरुपयोगका विषयमा प्रशासनले हरेक विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रममहरु गर्ने उनले प्रतिबद्धता जनाए ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सामाजिक सञ्जालले पार्ने नकारात्मक असरका विषयमा राज्यले नागरिकस्तरमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाले सामाजिक सञ्जालको सही उपयोगले मानव अधिकारको संरक्षणमा सहयोग पु¥याउने र गलत प्रयोगले व्यक्तिको जीवन नै धरापमा पार्ने बताए ।

‘गलत सूचना र हेट स्पिच जस्ता समस्याले समाजमा भेदभाव र हिंसा बढाउने जोखिम रहन्छ । यसको समाधानका लागि सबै सरोकारवाला पक्षहरू मिलेर काम गर्नुपर्ने आवश्यकता छ । जसरी ग्याँसको सही सदुपयोगले खाना पकाउन सहयोग पुग्छ । यदी दुरुपयोग भएर बिष्पोट भएपछि जीउनकै क्षति हुन्छ । त्यस्तै सामाजिक सञ्जाल पनि एक प्रकारको ग्याँस नै हो’ – उनले भने ।

  • १३ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech