घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्षमा खत्री

बरिष्ठ उपाध्यक्ष पदमा कार्की निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकको अध्यक्ष पदमा समर बहादुर खत्री निर्वाचित भएकाछन् ।

प्रतिष्पर्धी गिरिराज भुसाल (जिआर) लाई पराजित गर्दै महासंघको २५ औं साधारण सभा तथा १३ औं अधिबेशन अन्र्तगत शुक्रवार भएको निर्वाचनबाट खत्री अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

२२६ मतदाता रहेको महासंघको निर्वाचनमा १९७ मत खसेको थियो । जसमा १०५ मत प्राप्त गरेर खत्री अध्यक्ष पदमा निर्वाचित भए भने उनका प्रतिद्धन्द्धि भुसालले ८८ मत प्राप्त गरेका थिए ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा १२५ मत प्राप्त गरेर किरण कुमार कार्की निर्वाचित भए भने उनका प्रतिद्धन्द्धि ज्योतिलाल भण्डारीले ६६ मत प्राप्त गरे ।

अधिबेशनबाट उपाध्यक्षमा राजु लम्साल, महासचिवमा दिपकराज भण्डारी, सचिवमा नन्दकली कँडेल (खरेल), कोषाध्यक्षमा हुमाशंकर ओली बिहिवारनै निर्विरोध निर्वाचित भएका थिए । यसै गरि निर्विरोध निर्वाचित हुने सदस्यहरुमा सफि मोहम्मद गुजर, डिलाराम शर्मा पौडेल, सलिल खड्का, सुमन धिमाल, जित प्रसाद कँडेल, मोहन रिजाल, रुद्र बहादुर कँडेल, ईन्द्र बहादुर खत्री, अर्जुन कुमार चौधरी, माधव प्रसाद रिजाल, अजय कुमार बर्मा, बिधान न्यौपाने, सिमिता राणा र अर्चना घिसिङ रहेका छन् ।

मंसिर ११ गते शुरु भएको महासंघको २५ औं साधारण सभा तथा १३ औं अधिबेशनबाट नयाँ नेतृत्व छनौट गर्ने क्रममा बिबाद सृजना हुँदै निर्वाचन लम्विदै गएको थियो ।

बिबादै बिबादको भुमरीमा रहेको महासंघको साधारण सभा उद्घाटन शत्र सकिए सँगै बन्दशत्रबाट शुरु भएको बिबाद अधिबेशन शुरु भएको तीन दिन बितिसक्दा समेत समाधान हुन सकेको थिएन ।

मंगलबार उद्घाटन सकिएसँगै शुरु भएको बन्द शत्रमा पेश भएको लेखापरीक्षण प्रतिबेदनका बिषयमा चर्काे आलोचना भएको थियो । उक्त प्रतिबेदन मान्यता प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण नगराई अध्यक्ष, कोषाध्यक्ष, लेखापरीक्षकको हस्ताक्षर बिनाको प्रतिबेदन बितरण गरिएको भन्दै कार्यक्रममा बिरोध भएपछि निर्वाचन प्रकृया र बन्दशत्र अवरुद्ध भएको थियो ।

पहिलो दिन लेखापरीक्षण प्रतिबेदनको बिबादसँगै बर्तमान अध्यक्ष मधु खड्कालाई कोहलपुर उपशाखाले प्रतिनिधि नपठाएपछि खड्काले उपशाखाको नविकरणनैं हुन नदिएपछि अर्काे समस्या सृजना भएको थियो । प्रतिनिधि बिबादसँगै पहिलो दिनको निर्वाचन स्थगित गरि पछिल्लो दिन बुधबार बिहान ११.०० बजेका लागि निर्वाचन तोकिएको थियो ।

नेतृत्व चयनमा चरम राजनीति हुँदा बुधबार पनि निर्वाचन प्रभावित भएको थियो । नेपाली काँग्रेस, एमाले र माओवादीका जिल्ला स्तर नेताहरु आआफ्ना कार्यकर्ता र समर्थकलाई जिताउन कसरत गरिरहेकोमा एमाले र नेपाली काँग्रेसले गठबन्धन बनाएका थिए । यद्यपी उम्मेद्धारी पर्दा सो गठबन्धनको सहमति बमोजिम हुन सकेको थिएन ।

बर्तमान नेतृत्व र माओवादीको समर्थनमा बर्तमान महासचिव जिआर भुसाल अध्यक्ष पदका लागि चुनावी मैदानमा थिए भने एमाले नेता महासंघका पूर्ब कार्यबाहक अध्यक्ष समर बहादुर खत्री अध्यक्ष पदका लागि चुनाबमा होमिएका थिए । उनलाई नेपाली काँग्रेसको समर्थन थियो, अध्यक्ष एमालेलाई दिएको काँग्रेसले अन्य पद बार्गेनिंग गरेर लिएको थियो ।

मंसिर १३ गते बिहिवार पनि सहमतिको प्रयास नभएपछि निर्वाचनको कार्यक्रम अघि बढेको थियो तथापी निर्बाचन भने बिहिवार पनि हुन नसक्दा निर्वाचनलाई शुक्रवार सारिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत बिकाश आचार्यका अनुसार, उपाध्यक्ष पदका उम्मेद्धार सन्त बहादुर खत्री, महासचिव पदका उम्मेद्धार फहिमुद्धिन खाँ र सचिव पदकी उम्मेद्धार सुजाता खरेल बिरुद्ध उजुरी परेपछि उनीहरुको उम्मेद्धारी खारेज भएको थियो । यद्यपी उनीहरुले सो कुराको बिरोध गर्दै सूचना च्यातिदिएका थिए ।

 

  • १४ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech