नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजीका ७५ जना किशोरी र महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि निशुल्क फ्रिडम किट ब्याग वितरण गरिएको छ ।
फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा वालिकाकालागि महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन कार्यक्रम अन्तरगत किशोरी तथा महिलाहरुको स्वास्थ्य र स्च्छताका लागि रियुजेवल किट ब्याग गत शुक्रवार वितरण गरिएको हो ।
महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको थियो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ । यसरी बितरण गरिएको किट ब्याग बिद्यालय गएको समय, यात्रामा वा घरमा जुन सुकै अवस्थामा पनि महिनावारी भएमा तत्काल प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ ।
फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित कार्यक्रम प्रबन्धक रमिता शाह र एजुकेशन अफिसर मिना घर्तीमगरले जानकारी गराएका थिए ।
किट ब्याग प्राप्त गरे पश्चात बोल्दै किशोरीहरुले बजारबाट प्याड खरिद गर्दा धेरै पैशा खर्च भईरहेको भन्दै रियुजेवल प्याडले खर्च बचत हुने बताए । उनीहरुले कार्यक्रममा भएको प्रशिक्षणले आत्मवल बढाएको प्रतिक्रिया दिए । प्राप्त गरेको प्याड प्रयोग गर्ने उनीहरुले प्रतिबद्धता थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का कार्यबाहक अध्यक्ष जग मोहन काँदुको अध्यक्षतामा आयोजित महिनावारी स्वच्छता कार्यक्रममा सहभागि महिला तथा किशोरीहरुलाई बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, जनसम्पर्क अधिकृत माधव कार्कीलगायतले किट ब्याग वितरण गरेका थिए ।
फ्रिडम किट ब्याग युकेको सहयोगमा बास नेपालले नेपालगन्जमा फ्रिडम किट ब्याग उत्पादन गरि निशुल्क ग्रामिण समुदायका किशोरी र महिलाहरुलाई वितरण गर्दैै आएको छ ।