आदरणीय झा सर !
नेपाल विद्युत प्राधिकरणमा आफ्नो ३३ वर्षे सेवाकाल बिताउदै आजदेखि सेवानिवृत हुनुभएका निर्देशक आदरणीय उमेशकुमार झा सरलाई हार्दिक बधाई।
`हाकिम होस त झा सर जस्तो´ भन्ने माइन्डसेट वहाँको मातहतमा काम गरेका धेरैजसो कर्मचारीबाट बेलाबखबत मुखरित अझै पनिहुने गर्छ । गाली र माया दुवै गर्न जानेका ।
जुनसुकै परिस्थितिमा जस्तोसुकै काम सम्पादन गर्न र गराउन सक्ने अदितीय क्षमताका धनी झा सरले संस्थागत सुधारमा आफ्नो कार्यकालमा जहाँ पनि अव्वल साबित हुनुभयो।
उसो त वहाँको मातहत काम गर्ने अवसर जुरेन तापनि ,खासमा नेपालगन्जमा केन्द्र प्रमुखको जिम्मेवारीमा रहदा बखतका वहाँका धेरै साहसिक कथाहरु अझै पनि साथीहरुको मानसपटलमा ताजै पाउछुँ ।
कुशल व्यवस्थापक र केहि फरक गर्नुपर्छ भन्ने वहाँको शैली र व्यक्तित्वको म पनि फ्यान छु । त्यसताका यस क्षेत्रको विद्युत चोरी नियन्त्रणमा वहाँको नेतृत्वदायी भुमिका थियो।
फिल्डमा साथीहरुलाई कहिं अफ्ट्यारो पर्यो भन्ने सुन्ना साथ एका बिहानै होस वा अबेर साझं “लुँगी”मै भए पनि “अन द स्पट” पुगेर सरकारी कामकाजमा बाधा व्यवधान पुर्याउने अराजक तत्वहरुलाई तु टृटमेन्ट पनि गर्नुहुने झा सर तत्कालिन समयमा नेपालगन्ज वितरण केन्द्र परिसरमा भौतिक संरचना सुधारमा आफै कोदालो पनि उचाल्नुहुन्थ्यो, सुक्ष्म निगरानी पनि राख्नुहुन्थ्यो।
सवारी चालकले कथमकदाचित ढिला गरे आफैं पनि गाडी गुडाएर छिनमै स्थलगत गर्नुहुन्थ्यो रे, झा सर ।
वहाँको यो तदारुकताले कर्मचारीवृतमा पनि स्वस्फुर्त उत्प्रेरणा दिन्थ्यो । हरेक सञ्चालित गतिविधिमा सबैको हातेमालो र सहभागिता गराउथ्यो। वहाँसँग जोडिएका थुप्रै साहसिक प्रसङमध्ये मलाई छोएका ती प्रसङ प्रतिनिधिमुलक मात्र हुन् ।
अग्रज र संगै काम गर्नुभएका तमाम सरहरुको त अनुभव र अनुभुति वहाँबारे पक्कै पनि भनि नसाध्य होला । तापनि सुधारवादी व्यवस्थापक र कर्मचारीका लागि प्रेरक अभिभावकका रुपमा वहाँ जहाँ पनि परिचित देखिनुभयो। साचिक्कै भन्नुपर्दा थोरै मात्रै यस्ता हाकिम होलान जसलाई फिल्डस्तरमा खटिने कर्मचारीवृत्तले पछिसम्म सम्झिने र आदर गर्ने होउन् । ती मध्ये एक हुनुहुन्छ – हाम्रा झा सर ।
हजुरबारे आलोचना गर्नेलाई अवसर कहिलै भएन होला भन्न त म नसकुला सर ! तर तपाइबाट सिक्न सक्ने कुरा धेरै छन । हामीले ग्रहण गर्न सकेको कुरा थोरै भए होलान पक्कै । तापनि संस्थागत सुधार र कर्मचारीको विषयमा लड्ने र ठोक्ने मैले बुझेको एक अमर नाम हो – झा सर ।
हार्दिक नमन सर । हजुरको सफलतापुर्ण कार्यकाल र सुधारको ऐतिहासिक उपलब्धि का लागि ।