युवामैत्री स्थानीय शासन कार्यान्वयनका लागि २३ बुँदे सुझाव पत्र पेश

रबिन्द्र बोहरा

नपालगन्ज, बाँके
नेपालगन्ज उपमहानगरपालिकामा युवामैत्री स्थानीय शासन कार्यन्वयनका लागि २३ बुँदे सुझाव पत्र पेश गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा क्रियाशिल युवाहरुद्धारा युवा नीति तर्जुमा गरी युवाको अर्थपूर्ण सहभागितामा जोड दिन, युवाको समग्र पक्षलाई सम्बोधन गर्न, शासकीय प्रक्रिया तथा प्रणालीमा उनीहरूको संलग्नताका सम्बन्धन गर्न उक्त सुक्राव पत्र पेश गरिएको हो ।


नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, पन्ध्रौं पञ्चवर्षीय योजना, राष्ट्रिय युवा नीति, २०७२, राष्ट्रिय युवा परिषद् ऐन, २०७२, युथ भिजन, २०२५, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२, विद्यालय नर्स कार्यविधि, २०७७, विद्यालय स्वास्थ्य तथा नर्सिंग सेवा निर्देशिका लगायतका युवासँग सम्बन्धित कानून, ऐन, नीति नियम तथा रणनीति निर्माण भई कार्यान्वयनमा रहेको अवस्थामा नेपालगन्जमा समेत युवामैत्री स्थानीय शासनलाई कार्यन्वयन गर्न एकाउण्टिविलिटि ल्यावको साझेदारीमा बास नेपालद्धारा संचालित युवा नेतृत्व र जवाफदेहिता कार्यक्रम अन्तर्गत सुझाव पत्र पेश गरिएको हो ।

 

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीति नियम तथा प्रस्तावको प्रभावकारी कार्यान्वयन गर्दै युवालाई शासकीय प्रक्रियामा जोड्दै लैजानुपर्ने आजको आवश्यकतालाई मध्येनजर गर्दै त्यस नगरपालिकाले युवा नीति तर्जुमा गर्नका लागि सहयोग पुगोस भन्ने अपेक्षाका साथ सुझाव पत्र पेश गरिएको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।
सुझाव पत्र ग्रहण गर्दै नेपागलगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले आफुहरुले तत्काल युवा नीति तर्जुमा गर्दै बजेट तथा कार्यक्रम तर्जुमा गरी आएका सुझावहरु कार्यन्वयन गर्ने बताए । वहाँले युवामैत्री स्थानीय शासनका सूचकहरु एकपटक पूरा गर्न नसकिने भएकाले उपमहानगरपालिकाले क्रमशः पूरा गर्दै लजैने प्रतिबद्धता व्यक्त गरे ।
सुझावहरुमा युवाको अर्थपूर्ण संलग्नता, सहभागिता, प्रतिनिधित्व र समावेशीतामा, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद लगायतका क्षेत्रमा युवाको संलग्नता, युवाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, आदिवासी/जनजाति, दलित लगायतका पछाडि पारिएका वर्ग तथा समुदायका युवालाई शासन प्रक्रियामा सहभागीती, सीप विकास तथा युवा उद्यमशीलता, स्वरोजगार, स्नातक तह उत्तिर्ण गरेका सबै युवाहरुलाई विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा स्वयंसेवकको रूपमा परिचालन, किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार, योग्यता भएका तर आर्थिक अवस्था कमजोर भएको युवाहरुको लागि शैक्षिक प्रमाणपत्रका आधारमा ऋृण दिने व्यवस्था, अनुसन्धान र नवपर्वतनमा आधारीत कार्यक्रम, परम्परागत पेसा र व्यवसायको जगेर्ना, व्यवसायीकरणमा युवा सहभागिता, प्राविधिक र व्यवसायिक तालिमलाई विशेष प्राथामिकता, नमुना युवा संसदको अभ्यास र युवाक्लबको गठन तथा परिचालन, बैँक तथा वित्तीय संस्थाबाट उद्यम तथा व्यवसाय सञ्चालनका लागि युवालाई सहज रूपमा सहुलियतपूर्ण कर्जाको सुविधा, युवा सिकाई केन्द्र तथा नवप्रवर्तन केन्द्रको स्थापना युवामैत्री स्थानीय शाससनको अवधारणा लागु, मानसिक स्वास्थ्य परामर्श केन्द्र स्थापना, युवामैत्री स्थानीय शासन कार्यान्वयनलाई अगाडी बढाउन नगर सभा वा कार्यापालिकाबाट निणर्य गरी कार्यान्वयन गर्ने लगाएतका रहेका छन् ।
त्यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा समेत युवामैत्री स्थानीय कार्यान्वयका लागि २०८१ पौष ११ गते वीरेन्द्रनगर नगरपालिकामा क्रियाशिल युवाहरुद्धारा सुझाव पत्र पेश गरिएको थियो ।

  • २३ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech