हेटोँडा उपमहानगरपालिका १ स्वर्गलोकमा गएराति १२ बजेटिर एकजना महिना मृत अबस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला घर भएकी ३७ बर्षीया सीता ब्लोन मृत भेटिएकी हुन् ।
स्थानीय लिलामणि पौडेलको घर अगाडिको बरण्डामुनि उनको शव फेला परेको हो । जानकारी अनुसार मृतक ब्लोन पुराना कवाडी सामग्रीहरु टिप्ने काम गर्दै बेवारिसे हिसाबले बसोबास गर्दै आइरहेकी थिइन् । उनीसँगै उनको श्रीमान पनि घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।