भेरी अस्पताल र एचसीआरसिका सुत्केरी महिलाहरु लाई कीट ब्याग बितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले भेरी अञ्चल अस्पताल र एचसीआरसी अस्पतालमा भर्नाभएका ७५ जनासुत्केरी महिलाहरुलाई फ्रीडम कीट ब्याग्स बितरण गरेको छ ।

एफ के बी यु के को सहयोगमा बास नेपाल द्वारा संचालित परियोजना अन्तर्गत “महिला तथा बालबालिका को महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन “ कार्यक्रममा प्रत्येक महिना उत्पादन गरी बितरण गर्दै आएको छ ।

प्रत्येक महिना बितरण गर्दै आएको फ्रिडम किट ब्याग्स पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड अन्तर्गत माघ १८ गते भेरी अञ्चल अस्पतालमा उपचरार्थ ४७ जना सुत्केरी महिलाहरुलाई भेरी अस्पतालका प्रमुख सुपरिटेन्डेट डा. निराजान सुबेदी, प्रमुख अस्पताल नर्सिङ दुर्गालक्ष्मी श्रेष्ठको समन्वयमा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माको उपस्थितिमा बितरण गरिएको एफकेबी युकेको ब्यवस्थापक रमिता शाहले बताईन् ।

त्यसैगरी २१ गते सोमबार एचसीआरसी अस्पतालका ब्यवस्थापक रमेश सिटौलाको समन्वयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कारशाह, जन सम्पर्क अधिकृत माधव कार्की को उपस्थितिमा २८ जना सुत्केरी महिलाहरुलाई फ्रिडम किट ब्याग्स बितरण गरिएको एफकेबी युके परियोजनाकी शिक्षा अधिकृत मिना घर्तीले जानकारी दिईन् ।

हस्पिटलमा रहेका नर्मल सि एस गरेका सुत्केरी र फलोअप मा आएको सुत्केरीहरु लाई बितरण गरियो उक्त कार्याक्रममा प्रयोग गर्ने बिधि र यस सम्बन्धि शिक्षा र डेमो सहित यस परियोजना का ब्यवस्थापक रमिता शाह ले प्रस्तुत गरेकी थिईन् । सुत्केरी महिलाहरुले कीट ब्याग प्राप्त गर्दा निकै खुशी भएको र प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको परियोजनाका एजुकेसन पर्सन मिना घर्तिले बताईन् ।

  • २२ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech