डिपिएसले खुला अन्तर–बिद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ गर्दै

असल शासन प्रतिनिधि

बझाङ/ डुम्राकोट प्रगतिशिल समाज ( डिपिएस ) नेपालको आयोजनामा प्रथम डिपिएस खुला अन्तर–बिद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ हुने भएको छ ।

“ज्ञानको खोजी र प्रतिस्पर्धाबाट सशक्तिकरण” भन्ने मूल नाराका साथ डुम्राकोट प्रगतिशिल समाज डिपिएसको आयोजनामा सुनकुडा नमुना माबि सुनकुडा ९ बित्थडचिड बझाङमा प्रथम डिपिएस खुला अन्तर–बिद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ गर्न लागेको हो ।

शिक्षा र सीप विकासका लागि विद्यार्थीहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै आएको डिपिएस नेपालले माध्यामिक तहका विद्यार्थीहरूलाई ज्ञानको खोजी, तार्किक सोचको विकास र प्रतिस्पर्धात्मक क्षमतामा सशक्त बनाउने उद्देश्यले यहि फाल्गुन २ गते शुक्रबार प्रतियोगिताका आयोजना गर्न लागेको हो ।

एक टिममा १जना छात्रा सहित ४ जना रहने गरि प्रत्येक बिद्यालय बाट एक टिम मात्र सहभागी हुन पाउने टिम दर्ताका लागि विद्यालयको आधिकारिक लेटरहेडमा विद्यार्थीहरूको नाम र कक्षा उल्लेख गर्नुपर्ने बताईएको छ ।
टिम दर्ताका लागि फोन वा अनलाइन माध्यमबाट समेत गर्न मिल्ने गरि निशुल्क आबेदन दिन सकिने र दर्ता मिति फागुन १ गते बेलुका ५ बजे सम्म रहने आयोजक संस्थाका प्रतिनिधिले बताएका छन् ।

प्रतियोगिताका विजयी टिमहरूलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र तथा विशेष छात्रवृत्ति सहित पहिलो स्थान आउनेलाई ७ हजार नगद पुरुस्कार सहित, मेडल, प्रमाणपत्र Bridge Cours अध्ययनका लागि Care Kathmandu मा सय प्रतिशत छुट, दोस्रो स्थानः लाई ४ हजार, मेडल, प्रमाणपत्र र Bridge Cours अध्ययनका लागि साठी प्रतिशत छुट, तेस्रो स्थानलाई दुई हजार, मेडल, प्रमाणपत्र र Bridge Cours अध्ययनका लागि चालिस प्रतिशित छुट र चौथो स्थानलाई १ हजार नगद, मेडल, प्रमाणपत्र, Bridge Cours अध्ययनका लागि बिस प्रतिशत छुट सहितको ब्यवस्था गरेको आयोजक संस्था डुम्राकोट प्रगतिशिल समाज ( डिपिएस ) नेपालका अध्यक्ष कपिल बिष्टले बताए ।

अध्यक्ष बिष्टका अनुसार, “हामी विश्वास गर्छौं कि ज्ञानको खोजीले नै विद्यार्थीहरूलाई सशक्त बनाउँछ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई सोच्न, सिक्न र प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन प्रेरित गर्नेछ” ।

  • २७ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech