सार्वजनिक सेवाका अनुकरणीय आर्दश व्यक्तित्व बास्कोटा

असल शासन प्रतिनिधि

राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त एबं नेपाल सरकारका पूर्ब सचिव कृष्णहरि बास्कोटा बहुचर्चित व्यक्तित्व हुनुहुन्छ । वहाँसँग असल शासन पोष्टका लागि गरिएको कुुराकाी यहाँ प्रश्तुत गरिएको छ ।

तपाईका जीवनको आदर्श के हो ?
– मेरो जीवनको आदर्श ईमान्दारिता हो । मैलै सधै सदाचारितामा विश्वास गरे । म कर्मशील छु भन्ने लाग्छ । म राष्ट्र् र जनातको भलो चिताउने व्यक्ति हुं । हाल मेरो बुबा एकसय वर्षको हुनुहुन्छ । उहांले नौसिन्दा, नायब राईटर, राईटर, खरिदार, सुव्वाको जागिर खाएर हाम्रो परिवारलाई संरक्षकत्व दिनु भयो । यस्को अनुशरण गरेर मैले पनि एसएलसी र आईए पास गरेपछि सानो पदको जागिर खाएर पनि भाइहरु र बहिनीलाई आफ्नो संरक्षणमा पढाए, हुर्काए । यसर्थ, मेरो पहिलो आदर्श मेरा पिता हरिहर बास्कोटा हुनुहुन्छ ।

मैले जागिर खाएपछि केहि पूर्व प्रशासकहरुको बारेमा पढे, सुने । उहांहरु मध्ये कोहि फिल्डमा निरीक्षण गर्न जादा आफैले सामान खरिद गरी पकाएर खानु हुन्थ्यो । निरीक्षण गर्न गएको कार्यालयको मेजमानी खान मान्नु हुन्थेन । केहि प्रशासक सधै खल्तीमा राजिनामा बोकेर हिड्नु हुन्थ्यो । कानून विपरित काम गर्न दवाव आएमा सो दवाव थेग्ने र थेग्नै नसके राजिनामा पेश गर्नु हुन्थ्यो । केहि प्रशासक हाकाहाकी बोल्ने र काम गर्ने गर्नु हुन्थ्यो । म यिनै आर्दशबाट हुर्किए । म अछाममा प्रमुख जिल्ला अधिकारी हुदा यस्ता आदर्श पाठलाई व्यबहारमा उतार्न आरम्भ गरे । बाणिज्य विभाग र भन्सार विभागको महानिर्देशक हुदां होस् वा राजश्व सचिव, अर्थ सचिव र प्रधानमन्त्री कार्यालयको सचिव हुदा होस् यिनै गतिला पूर्ब प्रशासककै पदचापमा हिड्ने कोशिस गरिरहे । राष्ट्र्यि सूचना आयोगको प्रमुख आयुक्त हुंदा यसलाई शिखरमा पुर्याए भन्न मन लाग्छ ।

कस्को उत्प्रेरणाले तपाई यहांसम्म आईपुग्नु भयो ?
– मेरो प्रेरणाको स्रोत सेवाग्राही जनता हुन् । म २०५१ । २०५२ सालमा अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । तहां रहदा विहान बेलुकी पनि नागरिक्ता जारी गर्थे । जिल्लामा झाडावान्ताको प्रकोप फैलिएका बखत चिकित्सक र औषधि सहित आफै गाउं गाउं पुग्थे । जनतालाई प्रत्यक्ष सेवा दिने नापी, मालपोत, घरेलु लगायतका कार्यालयमा नियमित अनुगमन गर्थे । सानातिना विकास निर्माणको काममा पनि चांसो राख्थे । दैवी विपत्तीमा परेका जनतालाई तत्काल राहत उपलव्ध गराउन अग्रसर हुन्थ्ये । पीडा र दुःखमा परेका महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दलित, आदिवासी, पछाडि परेकावर्गलाई प्रदान गर्ने सेवालाई उच्च प्राथक्तिामा राख्थे । जस्को कारण आम जनताबाट सिडिओको जयजयकार हुंदा अति नै उत्प्रेरित हुन्थ्ये । अनि, जनतालाई थप लाभ पुग्ने काम गर्न रात विहान भन्दैनथे ।

अर्कोपाटोमा मेरो प्रेरणाका स्रोत संचारकर्मी हुन् । मैले अछामको प्रमुख जिल्ला अधिकारी हुदा विभिन्न १० प्रकारका फाराम जनतालाई निशुल्क वितरण गर्नेदेखि तमाम् सुधारको काम गरे । यी कामको प्रशांसा गर्दै संचारकर्मीले मलाई अव्वलदर्जाको सिडिओमा स्थापित गरिदिए । म वाणिज्य विभागको महानिर्देशक हुदा यर्थाथमा नागरिक वडापत्रको प्रचलन मैले गरेको हुं । तहां हरेक सेवा २ घण्टाभित्र प्रदान गर्ने मेरो प्रतिबद्धताको भनाई र गराईमा कुनै खाडल रहेन । जस्को कारण संचारकर्मीहरुले मलाई नेपालकै नमूना प्रशासकको दर्जामा पुर्याई दिए । भन्सार विभागको महानिर्देशक हुदा मैले गरेको सुधारलाई संचारर्कीहरुले मुग्धकण्ठले प्रशांसा गरिदिए । म राजश्व सचिव हुदां ३३.५ प्रतिशतले राजश्व बृद्धि भयो । यो हालसम्मकै उच्च रेकर्ड हो । म अर्थसचिव हुदा मुलुकलाई सम्पत्ती सुद्धिकरण र अन्तर्राष्ट्यि आतंकवादको मामिलामा कालो सूचीमा पर्नबाट जोगाए । पछि प्रधानमन्त्री कार्यालयको सचिव हुदा सडक बिस्तारमा उल्लेख्य भूमिका निभाए । मुलुककै उत्कृष्ट कर्मचारी ठहरिएर रु १ लाखको पुरस्कार पनि पाए । त्यसपछि प्रमुख सूचना आयुक्त हुदा मुलुकमा सूचनाको हकलाई प्रभावकारीढंगले कार्यान्वनमा ल्याए । यी कुरामा संचारकर्मीहरुले दिएको साथ र सहयोग नै मेरो उत्प्रेरणाको स्रोत हो ।

तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आधा आकाश र आधा धर्ती ढाक्ने महिलाको पक्षमा लैगिंक उत्तरदायी बजेट ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । अहिले पनि म महिला विकास र महिला सशक्तिकरणका क्षेत्रमा वकालत गरिरहको छु । मैलै ज्येष्ठ नागरिकको पक्षमा थुप्रै काम गरेको छु । ज्येष्ठ नागरिक मुलुकका निधि हुन् भनी पुस्तक नै प्रकाशित गरको छु । आम कर्मचारीको क्षमता विकासका लागि तालीम चलाउदै हिडेको छु । विशेषगरी, युवाहरुको पक्षमा क्षमता विकासको काम गरिरहेको छु । बागेश्वरी असल शासन (बास) मा स्रोत केन्द्र स्थापना गर्न रु २ लाखको सहयोग गरेको छु । सोहि संस्थाले आयोजना गरेको पव्लिक स्पिच कार्यक्रमको प्रथम पुरस्कार वापत रु ५० हजारको प्रयोजन गरेको छु । चितवनको भरतपुर नगरपालिकामा स्थापित रामेश्वर पुस्तकालयमा मेरा पिता समेतको नाम रहने गरी हरिहर रामेश्वर प्रतिभा पुरस्कारका लागि रु १ लाखको अक्षयकोष खडा गरको छु । धादिंगको केवलपुरमा रहेको महांकालस्थानमा मन्दिर बनाउने, हरिहर भोजकुमारी केवलपुर मा.वि.मा सरस्वर्तीको मन्दिर निर्माण गर्न करिब रु १।१ लाख आर्थिक सहयोग गरको छु । ती स्थानमा स्वास्थ्य शिविरहरु संचालनको संयोजन गरेको छु । नेपाल जनप्रशासन संघ मार्फत प्रत्येक वर्ष उत्कृष्ट प्रशासकको छनौट गरी सम्मान गर्न रु १ लाखको अक्षयकोष खडा गरेको छु । यसरी पछिल्ला दिनमा सामाजिक काममा संलग्न हुदै आएको छु ।

सामाजिक क्षेत्रमा काम गर्दा के के चूनौतिहरु सामना गर्नु परेको छ ?
– सामान्यतः सामाजिक क्षेत्रमा काम गर्दा कुरा बढि गर्ने तर काममा सिन्का पनि नभाच्ने मान्छेहरुको हालिमुहाली देख्दा दिक्क छु । नेपाल जनप्रशासन संघको अध्यक्ष भए । राष्ट्र्यि ज्येष्ठ नागरिक महासंघको कार्यकारी सदस्य भए । अन्य संघ संस्थामा पनि आबद्ध छु । केहि मानिसले सामाजिक कामको आवरणमा आफ्नो दुनो सोझ्याउन खोज्दा निकै रिस उठ्ने रहेछ । सामाजिक कार्यमा काम गर्ने बखत प्रायः एक्लै दुक्लै परिने रहेछ । काम गर्ने भन्दा कुरा काट्नेको संख्या बढि हुने रहेछ । यी र यस्ता समस्या झेले पनि काम गर्नेलाई कसैले छेक्न नसक्ने रहेछ भन्ने अनुभव हासिल गरको छु । यी समस्याका कारण अनावश्यकरुपमा दुःखी र हत्तोत्साही भने भएको छुईन् ।

आगमी योजना र कार्यक्रम के छ ?
– सकारात्मक सोचको पुस्तक प्रकाशित गर्दैछु । मुलुकमा केहि हुन्छ भनी सकारात्मक सोचको विकासमा खटिईरहेको छु । यस अन्तर्गत प्रशिक्षण दिने काममा झण्डै ४ सय पालिकामा पुगीसकेको छु । युवालाई उत्प्रेरित गर्ने अभियानमा जुटेको छु । हात खुटृा चलुन्जेल समाज सेवामा जुटीरहनु पर्छ भन्ने भावनाका साथ अघि बढिरहेको छु । नेपाल सरकारको सचिव हुदा वा प्रमुख सूचना आयुक्तको पदमा रहदा भन्दा बढि व्यस्त छु । खुसी जीवन जीईरहेको छु ।

अन्त्यमा के भन्नु हुन्छ ?
– म जस्तै अवकाशित जीवन बिताईरहेका सबै राष्ट्र्सेवकहरुलाई आफुले आर्जन गरेको ज्ञान र सीप बाढ्न सार्वजनिक आव्हान गर्दछु । साथै, केहि हुने र सक्नेले उपयुक्त काममा सामाजिक सेवा अन्तर्गत सहयोग गर्न पनि आग्रह गर्दछु । आम नेपालीलाई राष्ट्र्प्रेमले ओतप्रोत हुन अपील गर्दै नापाली माटोमै सुन फलाउन सकिने र यस मुलुकलाई स्वर्गको टुक्रासरी बनाउन सकिने आत्मविश्वास प्रस्तुत गर्न चाहन्छु । हाम्रो जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो छ । यहि मुलुकमा रहि आआप्mनो क्षेत्रबाट योगदान गरौं भनी समस्त् नपालीलाई आव्हान गर्दछु ।

  • २७ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech