गैससहरु सहयोगी हुन्

असल शासन प्रतिनिधि

सुनिता बेल्बासे

कार्यकारी निर्देशक, लिडो नेपाल, कपिलबस्तु

१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?
– हाम्रो संस्थाले जिविकोपार्जन, नेपाल एकिकृत बिकास कार्यक्रम, झोलुंगे पुल निर्माण लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

२. यहाँहरुको कुन–कुन संस्था, निकायसङ्ग सहकाकार्य रहेको छ ?
– नेपाल सरकार, कतार च्यारिटि र ईस्लामिक रिलिफ नेपाल लगाएतका निकायहरुसँग हाम्रो सहकार्य रहेको छ ।

३. यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
– हामीले कपिलबस्तु र रुपन्देहीका स्थानीय पालिकाहरुमा काम गरिरहेका छौं ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
– पालिकाबाट कार्यक्रम सञ्चालनका लागि स्विकृति लिनु अघि बजेट पेश गर्नुपर्ने, लाभान्वित बर्गको छनौट पनि पालिकाकै अनुकुल गर्नुपर्ने, छुट्टा, छुट्टै अनुमति लिनु पर्ने, पालिकामा प्रमुख प्रशासकिय अधिकृत परिवर्तन हुने बित्तिकै फेरी कार्यक्रम, बजेट बारे जानकारी गराउनुपर्ने, परियोजना सल्लाहकार समूहको बैठक नियमित गर्नुपर्ने, अनुगमन गराउनु पर्ने, सो को लागि बजेट नहुने लगायतका समस्याहरु हामीले सामना गरिरहेका छौं ।

५. आगामी योजना र कार्यक्रम के छ ?
– नियमित कार्यक्रमहरु सञ्चालन गर्नेनैं हाम्रो योजना रहेको छ ।

६. अन्तमा के भन्नु हुन्छ ?
– अन्तमा गैससहरुलाई सबैले सहयोगी निकायको रुपमा लिन जरुरी देख्दछु ।

  • २७ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech