जमुना शर्मा
अध्यक्ष, अन्तरध्वनी नेपाल, काठमाण्डौं
१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?
– हाम्रो संस्थाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि समुदाय सचेतना कार्यक्रम, मनोविमर्श सेवा, यौनिक अल्पसंख्यकहरूको मानसिक स्वास्थ प्रबद्र्धन कार्यक्रम, स्थानिय, प्रदेश तथा संघीय सरकार संग मानसिक स्वास्थ्य तथा उपचार सेवा सुदृढ तथा विस्तारको लागि वकालत तथा पैरवि, बाढि तथा भुकम्प पिडितहरूको लागि मनोवैज्ञानिक प्राथमिक उपचार सेवा, हिंसा पिडित महिलाहरूलाई निशुल्क मनोविमर्श सेवा, शिक्षा क्षेत्रमा मनोवैज्ञानिक सुधार अभियान, सामाजिक संजालको प्रयोग मार्फत आम जनमानसमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबारे व्यापक जनचेतना आदि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२. यहाँहरुको कुन–कुन संस्था, निकायसङ्ग सहकार्य रहेको छ ?
– स्थानीय सरकार, बिभिन्न संघ, संस्थासँग हाम्रो सहकार्य रहेको छ ।
३. यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
– कागेश्वरि मनोहरा नगरपालिका, काठमाडौंमा यौनिक अल्पसंख्यक समुदायका लागि मानसिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम, जाजरकोटमा भुकम्प प्रभावितहरूको लागि मनोवैज्ञानिक प्राथमिक उपचार तथा मनोविमर्श सेवा, बाढि पिडित परिवारको लागि प्राथमिक मनोवैज्ञानिक उपचार, ललितपुरमा मनोविमर्श सेवा, प्राकृतिक प्रकोप आघात न्युनिकरण तथा भावनात्मक सहयोग र मनोशिक्षा प्रदान अभियान सञ्चालन गरिरहेका छौं ।
४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
– सामाजिक कार्य गर्दा आफ्नो आय आर्जन समेत लगानि गरेर गरेता पनि डलरे भनिने आरोप खेप्नुपरेको, महिलाले नेतृत्व गर्ने गरि संस्थाको अगुवाई गर्ने भएकाले लैिङ्गक दृष्टिकोणले कार्य क्षमता, दक्षता र सक्षमताको अवमूल्यन गरिने गरेको ।
५. आगामी योजना र कार्यक्रम के छ ?
देशभरि नै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको सवालमा क्षेत्र विस्तार गरि देशव्यापि काम गर्ने र मानसिक स्वास्थ्य र यस विषयसंग सम्बन्धित अन्य विषयलाई राष्ट्रिय स्तरमै उजागर गर्ने हाम्रो कार्यक्रम र योजना रहेको छ ।
६. अन्तमा के भन्नु हुन्छ ?
– चुनौतिका बावजुत पनि यसै क्षेत्रमा आफ्नो जीवन समर्पण गरि काम गर्ने अठोट लिएको छु ।