६ प्रश्नमा कृष्ण अविरल

असल शासन प्रतिनिधि

कृष्ण अविरल, लेखक, साहित्यकार

– तपाईंको जीवनको आदर्श के हो ?
कसैलाई हानी नोक्सानी नपुर्याई साधारण नागरिकसरहको जीवन बाँच्नु नै मेरो जीवनको आदर्श हो ।

– कसको उत्प्रेरणाले तपाईं यहाँसम्म आइपुग्नु भयो ?
मैले जीवनमा थुप्रै व्यक्तित्वहरुबाट उत्प्रेरणा प्राप्त गरेको छु । त्यसमध्येमा एसएलसी पास गर्नुभन्दा अगाडि नै पत्रकारिताको नशा चढाइदिनु हुने आदरणीय काका स्व. कुन्दन भट्टराई र एसएलसी पास गरेपछि पत्रकारिता पढ्न काठमाडौँ जाऊ भनेर उत्प्रेरणा दिनु हुने छिमेकी काका स्व. घनेन्द्र पौडेललाई विशेष सम्झन चाहन्छु ।

तपाईं समाजका लागि के गरिरहनु भएको छ ?
साहित्यको माध्यमबाट आफ्नो अस्तित्वको खोजी गर्ने बाहेक समाजका लागि खासै केही गर्न सकिएजस्तो लागेको छैन ।

– तपाईंको जीवनका अविष्मरणीय क्षण ?
थुप्रै छन् । खासगरी मृत्युको मुखबाट बालबाल बाँचेका क्षणहरु नै मेरा जीवनका अविष्मरणीय क्षण हुन् ।

तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
देशमा विद्यमान ऐन कानुन र विधिको शासन नै असल शासन हो ।

– समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
प्रचलित ऐन कानुनको पालना गर्नु र समाज उपयोगी काम गर्नु नै मेरो प्रतिबद्धता हो ।

  • २८ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech