प्रिय बिष्णु

एलिना चौहान

चर्चित गायिका एलिना चौहानको पारपाचुके भएको छ ।

कानुनी रुपमा अलग भएपछी चौहानल एउटा भावुक स्टाटस लेखेकी छन् । उनल लेखेको स्टाटस यस्तो छ :-

प्रिय बिष्णु
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।

हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।

भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।

जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन ।

जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।

आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।

पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।

तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)

  • २९ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech