नेपालगञ्ज/ बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा एक अपाँगता भएका व्यक्तिलाई हिृल चियर प्रदान गरिएको छ ।
बासले स्थापना गरेको रुक्मिणी स्मृती अक्षय कोषबाट नेपालगञ्ज २२ का ५५ बर्षिय भण्डारी किंगरियालाई हस्तान्तरण गरिएको हो । लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्ले, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिब कुमार बर्मा, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले किंगरियालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
चार महिना पहिले नेपालगञ्जको पुरैनी किंगरियनपुरमा कार्तिक १ गते मोटरसाईकल दुर्घटनामा हुँदा घाईते भएका किंगरियाको दायाँ खुट्टा भाँचिएको थियो । भारतको लखनउमा सो खुट्टाका शल्यक्रिया गर्दा भारति ५ लाख १९ हजार खर्च भएका किंगरियाको आर्थिक अवस्था कमजोर रहेको छ । उनलाई हाल हिंडडुलमा समस्या भएपछि बास नेपालले सो कोषबाट सो सहयोग गरेको हो ।
बास नेपालका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका थिए । कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्लेले आवश्यक भएको व्यक्तिलाई सहयोग गर्नु ठूलो मानविय कार्य भएको बताईन् ।
हिृलचियर प्राप्त गरेपछि बास नेपाललाई धन्यवाद दिदैं भण्डारी किंगरियाले प्राप्त गरेको हिृलचियरबाट आफुलाई ठूलो सहयोग हुने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रमको समापन बास नेपालका उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए ।
शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।