नेपालगञ्ज / सामुदायिक बनहरुमा हुने काठ दाउरा चोरी पैठारीका साथै बन अतिक्रमण रोक्न सबै नागरिकहरुको सहयोग अपरिहार्य रहेको बाँकेका डिएफओ शंकर प्रशाद गुप्ताले बताए ।
डिभिजन बन कार्यालयको सहयोग, बास नेपालको आयोजनामा माघ ३० गते बुधवार नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर २० स्थित सामुदायिक बन कार्यालयमा आयोजित जैबिक चौतारीको माध्याम बाट बन संरक्षणको सवाल,चुनौती र अबसर सम्बन्धी छललफल तथा सम्बाद जिल्ला बन कार्यालय बाँकेका प्रमुख शंकर प्रशाद गुप्ताले उक्त कुरा बताएका हुन् ।
संबाद कार्यक्रममा पशुपतिनगर सामुदायिक बन समिति, गुराँस सामुदायिक बन समिति, झेरा सामुदायिक बन, हरित सृजना सामुदायिक बन, गिजरा सामुदायिक बन, हजरत सामुदायिक बन, सीता सामुदायिक बन, पुर्णिामा सामुदायिक बन र युवा क्लवका पदाधिकारीहरु सहभागी रहेको उक्त संवाद कार्यक्रमका सहभागीहरुले सामुदायिक बन बाट गरेका असल कामहरुका साथै बन बाट आफुले भोग्नुपरेका समस्याहरु राखेका थिए ।
संबादकै क्रममा गत साल मात्र नयाँ कार्यसमिति चयन भएर आएका गुरास सामुदायिक बन समितिले गरेका असल कामहरु राखेका थिए । आफ्नै सामुदायिकको निती बनाएर आफ्नो गाउँमा बसोबास गर्ने अपाङ्ख, अशक्त,असहाय, जेष्ठ नागरिक र महिलाहरुलाई सम्मान सहित नगद प्रदान गर्ने गरेको बताए ।
समस्या र चुनौतीहरुका बारेमा सबै सामुदायिक बनहरुको एकै प्रकारका समस्या रहेको थियो भने दाउराहरु चोरी निकासी हुने गरेको र रोक्न खोज्दा राँजामा आउला अनि थाहा पाउला भन्ने किसिम को धम्की आउने गरेको गुनासो गरेका थिए । ट्रकका ट्रक काठ बाहिरिदा पनि पनि मुख दर्शक भएर बस्नुपरेका पिडा पोख्दै संबादका सहभागीहरुले सामुदायिक बन र बस्ती नजिकै भएको र सिमानामा तार जाली नहुँदा बालीनाली नष्ट हुने गरेका बताए ।
जग्गा अतिक्रमण का साथै चोरी नियान्त्रण गर्न लागि परेका पशुपतिनगर सामुदायिक बन समितिका सचिव कृष्ण परियारले चोरलाई पक्रेर जिल्ला बा कार्यालयमा लिदा पनि चोरलाई कार्वाहीको साटो छोडेको गुनासो राखे ।
सामुदायिक बनका समस्या लिएर जिल्ला बन कार्यलयको टेबुलमै निबेदन पेश गरेता पनि हाल सम्म सुनुवाई नभएको, बन सम्बन्धि सुरक्षा नियम नभएकाले अतिक्रमण भएको, सामुदायक बनमा राजनितिक हस्तछेप भईरहेको लगायतका समस्याहरु सहभागीहरुले राखेका थिए ।
सहभागीहरुको गुनासोहरुको जवाफ दिदै नेपालगञ्ज सब डिभिजनका होतासन शाह र जिल्ला बन कार्यालयका प्रमुख शंकर प्रशाद गुप्ताले बन अतिक्रमन रोक्न हामी आफै सचेत भई बन हाम्रै सम्पती हो भनेर शोच्नु पर्ने अबस्था आएको बताए । अन्य ठाउँको भन्दा यो ठाउँमा बन सरक्षणमा निकै चुनौती रहेकाले संरक्षणका साथै नागरिकको जिविकोपार्जनमा समेत बन रहेकाले शोचनिय बिषय रहेको बताउँदै बनको समस्या सबैको साझा भएकाले सर्बले आ आफ्नो तर्फबाट बन जोगाउन लाग्नु पर्ने हुन्छ जस्तै बनमा आगोलागेको देखेमा हेरेर बस्नु भन्दा आगो निभाउन तर्फ लाग्नु सबेको दायित्व हुन्छ ।
बिभिन्न सामुदायिक बनहरुबाट र युवा क्लवहरुबाट गरि ३५ जना सहभागी रहेको सबाद कार्याक्रममा स्वागत मन्तब्यका साथै कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले प्रकाश पारेका थिए भने बास नेपालकी सिएफओ ज्योती बुढामगरले कार्यक्रम सहजीकरण गरेकी थिईन् ।