नेपालगञ्ज/ दिदि बहिनी समाजको आयोजनामा एक महिने क्रिष्टलको चुरो, पोते बनाउने तालिम शुरु भएको छ ।
खजुरा गाउँपालिकाको सहयोगमा माघ २७ गते देखि खजुरामा सो तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर बिक तुफानले महिलाहरुलाई सिपयुक्त बनाउन खजुरा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
सहसचिव मुना बिष्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य बसन्ति रोकायले गरेकि थिईन् भने कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष गरिबे शेष, नेपाल रेडक्रस सोसाईटी खजुराका सभापति जिवनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
कार्यबाहक अध्यक्ष दिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले आवश्यक सिप सिक्न पाउँदा खुशी भएको बताएका थिए ।
तालिममा ५० जना महिलाहरु सहभागि रहने कार्यक्रम संयोजक शोभा थापा मगरले बताईन् ।