कम्दिमा जैबिक चौतारी सम्बाद

असल शासन प्रतिनिधि

नेपालगन्ज / डिभिजन बन कार्यालयको सहयोग तथा बास नेपालको आयोजनामा बिहिवार डुडुवा गाउँ पालिका वडानम्बर ५ कम्दिको पशुपतीनाथ सामुदायिक बनको भवनमा जैबिक चौतारीको माध्यामबाट बन संरक्षणको सवाल,चुनौती र अबसर सम्बन्धी छललफल सम्पन्न भएको छ ।

संबाद कार्यक्रममा गोकुल सामुदायिक बन समिति, बमनपुर्वा सामुदायिक बन समिति, पशुपतिनाथ सामुदायिक बन, छगृहवा सामुदायिक बन,बाबुकुवा सामुदायिक बन, चौरीडाडा सामुदायिक बन,समाजएकता सामुदायिक बनका सहभागी रहेको उक्त संवाद कार्यक्रमका सहभागीहरुले सामुदायिक बनबाट गरेका राम्रा अभ्यासका साथै बनबाट आफुले भोग्नुपरेका समस्याहरु राखेका थिए ।

समस्या र चुनौतीहरुका बारेमा सबै सामुदायिक बनहरुको एकै प्रकारका समस्या रहेको थियो । सामुदायिक बनको बन पालेको सुरक्षाको अभाव प्राय समूहले भोगिरहेको बताएका थिए भने बस्ती बन नजिकै भएको र सिमानामा तार जाली नहुँदा जङ्गलि जनावरहरुबाट बालीनाली नष्ट हुने गरेका बताए ।

सामुदायिक बनका समस्या लिएर जिल्ला बन कार्यलयबाट सहजै तरिकाले सामुदायिक बनहरुलाई सहयोग नभएको भन्ने गुनासो समेत सहभागीले गरेका थिए भने सामुदायिक बन समुहले बन संरक्षणमा लागेको तर सामुदायिक बनबाट कुनै फाईदा लिन नसकेको बताएका थिए ।

हामी आफैले बनमाथी गरेको अतिक्रमणका कारण जंगली जनावरले आफ्नो आहारा जङ्गलमा सहजै पाउन नसकेका कारण पनि जङ्गली जनावरहरु आहारा खोज्न आएर खेतिबाली नष्ट हुने गरेको सवाद मा एक सहभागीले बताए । जस्ले गर्दा मानब जीवनमा प्रत्यक्ष रुपमा प्रभाव पारेको उनले थपे ।

सहभागीहरुको समस्यालाई सम्बोधन गर्दै नेपालगन्ज सब डिभिजन बाकेबाट प्रतिनिधित्व गर्नु भएका बहादुर केसिले आगामी दिनहरुमा यसरी भोगेका पिडाहरु फेरि फेरि भोग्न नपरोस भन्ने तरिकाले कार्ययोजना बनाउन सम्बन्धित निकायसङ्ग पहल गर्ने बताए ।

३५ जना सहभागी रहेको उक्त सबाद कार्यक्रम बास नेपालकी सिएफए ज्योती बुढाले सहजीजरण गरेकी थिइन ।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech