नेपालगञ्जमा सामाजिक जवाफदेहिता स्कुल 

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्जमा सामाजिक जवाफदेहिता स्कुल सञ्चालन गरिएको छ ।

एकाउण्टबिलिटि ल्याव र बास नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिका र बिरेन्द्रनगर नगरपालिकामा सञ्चालित युवा नेतृत्व बिकास तथा जवाफदेहिता परियोजना अन्र्तगत नेपालगञ्जमा सो स्कुल सञ्चालन भएको हो ।

नेपालगञ्ज उपमहानगरलाई युवा मैत्री स्थानीय शासन युक्त पालिका बनाउन वकालत गर्नका लागि गठित युवा संलग्नता मञ्चका सदस्यहरुको सहभागितामा स्कुल सञ्चालन गरिएको हो ।

२० जनाको सहभागितामा सम्पन्न स्कुलमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहराले जवाफदेहिता, सामाजिक जवाफदेहिता, सामाजिक जवाफदेहिताका संयन्त्रहरु, सूचनाको हकको प्रयोग, सार्वजनिक सुनुवाई, नागरिक प्रतिबेदन पत्र, बर्हिगमन अभिमत लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

सैद्धान्तिक तथा व्यवहारिक पक्षका बिषयमा तालिम प्रदान गरिएको स्कुलका सहभागिहरुले सामाजिक जवाफदेहिताको अभ्यासका लागि स्कुल उपलब्धिमुलक रहेको बताएका थिए ।

 

  • २ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech