मन भण्डारी
अध्यक्ष, युवा घर, नेपालगञ्ज, बाँके
१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?
युवा घरले युवा सशक्तीकरण, स्थानीय विकासमा युवा सहभागीता, युवा नेतृत्व विकास तालिम, लक्षित वर्ग सशक्तीकरण, युवासंग जनप्रतिनिधि लगायतका कार्यक्रम गरिरहेको छ ।
२. यहाँहरुको कुन–कुन संस्था, निकायसङ्ग रहेको छ ?
हाम्रो संस्थाको स्थानीय सरकार र विभिन्न संस्था संग सहकार्य छ ।
३. यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
नेपालगन्ज उपमहानगरपालिका र बाँकेका अन्य पालिकाहरुमा युवा र बालबालिकाको क्षेत्रमा काम गरिरहेका छौँ ।
४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
सरकारले नागरिक समाजका संस्थालाई हेर्ने र गर्ने ब्यबहर सकारात्मक छैन, स्रोतको अभाव छ ।
५. आगामी योजना र कार्यक्रम के छ ?
स्थानीय विकासमा युवा सहभागीता खोज्ने, स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागीता सुनिश्चित गर्न स्थानीय सरकारसंग सहकार्य गर्ने, युवाको सवालमा विशेष कार्यक्रम गर्ने हाम्रो योजना र कार्यक्रम छ ।
६. अन्तमा के भन्नु हुन्छ ?
सरकारले नागरिक समाजका संस्थालाई काम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।