एचआईभि पोजेटिभ भएकाहरुलाई हुने भेदभाव बिरुद्ध काम गरौं

असल शासन प्रतिनिधि

सुसिला बेल्वासे

कार्यक्रम संयोजक, समर्पण

१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?

हाम्रो संस्था ले एचआईभि पोजेटिभ भएकाहरुका लागि घर समुदायमा आधारित सहयोग र हेरचाह कार्यक्रम सञ्चालन गर्दछौं । एचआईभि पोजेटिभ भएकाहरुकै लागि सामुदायिक हेरचाह कार्यक्रम, लान्छना र भेदभाव विरुद्ध वकालत, बालबालिकाहरुका लागि CABA cash transfer कार्यक्रम र एचआईभी संक्रमिचहरुका लागि उपचार र आयआर्जन र शिक्षमा सहयोग गर्ने काम गर्दछ ।

२. यहाँहरुको कुन–कुन संस्था, निकायसङ्ग रहेको छ ?
Global found to save the children, NAP,N को ब्यबस्थापनमा हामीलाई सहयोग भई रहेको छ भने स्थानीय सरकार र प्रदेश सरकारसँग हाम्रो सहकार्य भईरहेको छ ।

३. यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
हामीले एचआईभि पोजेटिभहरुका लागि कपिलवस्तु जिल्ला भित्र काम गरिरहेका छौ । तर हाम्रा सेवा ग्राही रुपन्देही र भारत का पनि हुनुहुन्छ ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
स्थानीय सरकार को आगमन पछी जनचेतनामूलक कार्यक्रम एकदम न्यून रहेकोे छ जस्का कारण संक्रमण बढदो जोखिम रहेकोे छ साथै स्वस्थ्यकर्मी बाट हुने भेदभाव कायम नै छ जस्का कारण संक्रमितहरुको अप्रेसन समयमै हुन सकेको छैन सो यस्मा सबैले समयमै खबरदारी गर्नु जरुरी छ ।

५. आगामी योजना र कार्यक्रम के छ ?
यहि कार्यक्रमलाई निरन्तरताका साथै स्थानीय सरकारले यस कार्यक्रम लाई अपन्त्व लेओस् भनेर सरकार लाई जवाफदेही र जिम्मेवार बनाउन का लागि पहल गर्ने हाम्रो योजना रहेको छ ।

६. अन्तमा के भन्नु हुन्छ ?
सबै मिलेर एचआईभि पोजेटिभ भएकाहरुलाई हुने भेदभाव बिरुद्ध काम गरौं ।

  • २३ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech