नेपालगञ्ज / नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ र २२ को सहयोग तथा बास नेपाल,युवा घर,नाईस नेपालगन्ज, असल शासन मिडिया, रक्त सञ्चार केन्द्र नेपालगन्ज, साना किसान कृषि सहकारी सस्था पुरैनी,गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसन नेपालगञ्ज, कोपिला महिला कृषि सहकारी संस्था लि पुरैनीको सह आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको हो ।
गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहले अहिलेको समय भनेको हरेक मान्छेले आफुलाई रगत चाईएको बेला सहयोगको अपेक्षा राख्ने ब्यक्तिहरु भएता पनि आफु कहिले पनि रगत दिन तयार नहुने परम्परा बढ्दै गईरहेकाले यस्तो महान कार्यमा सबैले रगत दान गरी पुण्य कमाउन आग्रहका साथ आफ्नो शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, गौरव स्मृति बि योर सेल्फ फाउन्डेसनका संरक्षक प्रदिप शाहले रक्तदान कार्यक्रमको शभकामना मन्तब्य राखेका थिए भने दिदिबहिनी समाज बाँकेकी अध्यक्ष रमादेबी शाह, नेपाल रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले, बाँके जिल्लामै सबैभन्दा धेरै पटक रक्तदान गर्ने सञ्चारकर्मी पवन जयसवालको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाका निबर्तमान सभापति फन बहादुर गुरुङ अध्यक्षतामा आयोजित कार्यक्रममा युवा घरका अध्यक्ष मन भण्डारीले स्वागात मन्तब्य राखेका थिए भने नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाका सभापती शिव कुमार बर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।