सुर्खेत/ बनमैं बस्ने लोपन्मुख जाती राउटे महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ ।
फ्रिडम किट व्याग युकेको सहयोगमा बास नेपालले राउटे बस्ति सुर्खेतको गिरिघाट नजिकको बनमा फाल्गुण २१ गते सो सहयोग प्रदान गरेको हो ।
१०० जना महिलाहरुलाई महिनावारी स्वच्छदा तथा व्यवस्थापनका लागि राउटे महिलाहरुलाई सो व्याग प्रदान गरिएको हो ।
बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, कर्णाली प्रदेश समितिका प्रबक्ता राम बहादुर बटाला, सुर्खेत शाखा अध्यक्ष अमर शाही, फ्रिडम किट व्यागकी नेपाल प्रमुख निर्मला श्रेष्ठ, दिक्षा श्रेष्ठ लगायतले राउटे महिलाहरुलाई सो सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा फ्रिडम किट व्यागकी नेपाल प्रमुख निर्मला श्रेष्ठले किट व्यागका बारेमा जानकारी दिएकि थिईन् । राउटे समुदायकी सम्झना शाहीले किट व्याग प्राप्त गरेपछि सहयोगी संस्थालाई धन्यवाद दिईन् ।
महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट ब्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड इन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर ग्रुप पर्स लगायत पेन्टी र साबुन रहन्छन् ।
बजारमा पाइने सेनेटरी प्याडबाट विभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र वातावरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसारभर वैकल्पिक प्याड प्रयोगको बहस भइरहेको बेला फ्रिडम किट ब्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाइ रहेको छ ।
यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्न गर्दछ । पाटेघरको क्यान्सर र बाँझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट ब्याग्स उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ ।
पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार वर्षसम्म नकुहिने, वातावरण प्रदूषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग वातावरण मैत्री छ ।
यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका व्यक्तिहरुको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ वर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत वर्ग समुदायलाई प्राथमिकतामा राखेर वितरण निःशुल्क वितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा १५ सय पर्न जान्छ । जुन ३ वर्षसम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।